Skip to content

अजय पाण्डेय (आर्यन)

नीक लागय (अवधी)

लहरत चोटिया मे झुम रहा बरवा, की बड़ा नीक लागय
लेत ह्य जान तोहरे अखेंकै कजरवा, की बड़ा नीक लागय

बाजत ह्य पयालिया तोहर न करो तु ठिठोली ,
पुर्बी बयारिया न उडाय ले अचारवा , की बड़ा नीक लागय

सेना कै नौकरी है , हँ हमहू मजबुर बडा
लौट अइहैं फिर से सवानमे सजनवा, की बड़ा नीक लागय

न जव तु अकेले जंगल मे लकडी लेय
हंस हंस बरषे तुहैं देख के बदरवा, की बड़ा नीक लागय

होलियामे न रहब हम काव करी ,
हसिं खेलीहो न भिजैहो नयनवा , की बड़ा नीक लागय
#azzay #अवधी #awadhi

अपकी चुनाव मे (अवधी )

अजमाइहैं सब आपन आपन हथकण्ड ,अपकी चुनाव मे
चली फिरसे लाठी और डंडा , अपकी चुनाव मे

केहू खरिदी वोट तो केहू देखाई धौस ,
जाने केतना पुजैहैं पंडित और पंडा,अपकी चुनाव मे

कुटिया कै लक्ष्मी पुजा (अवधी कविता)

सबकेहू लक्ष्मी माई कै अगुवानी मे लगा है |
हर गवाँ चौराहा पे माई कै मुर्ति खुब सजा है |

होइ सबकुछ मंगल अव सुख कय होइंहै बौछार
सब कै हृदय मे इहय अभिलास आव विश्वास भरा है ।

मननीय (अवधी)

देश कय अवस्था एकदम दयनीय होइगय
कल कय गुन्डा जब से मननीय होइगय

पढाल लिखल देखो सब भैँस चरवय
अव बिन पढ़ा सब कै सम्मनीय होइगय
जीवन भर अपराध किहिस जउन
आज उहय सबसे पुजनीय होइगय

दुई मुक्तक (मध्येबाटोमा छोडी जाने मित्र)

एक

मध्येबाटोमा छोडी जाने मित्रलाई सलाम
मनसँग खेलेर हाँस्ने मायालाई सलाम
हरेकपल मनसँग प्रयोग गरी,
अनुभवको पाठ सिकाउने जीवनलाई सलाम

मनमा केही गर्छु भन्ने(मुक्तक)

मनमा केही गर्छु भन्ने आश जाग्यो
त्यही आशले नयाँ विस्वास जाग्यो
मतिभूमिमको लागि केही गर्न
मनमा आज प्रकाश लाग्यो ।

‪#‎मुक्तक‬ ‪#‎azzay‬

बिरोधाभास

दौडमा खुट्टा दगुर्दछ माला घाँटी थाप्द्छ
हात नङ्ग्रा खियाउँछ स्वाद जीव्रो चाख्द्छ
दुनियाँको रीत नै बिरोधाभास रहेको छ
आन्दोलन जनता गर्दछ उपलब्धि नेतालाई फाप्द्छ

AjayPandeyAryan

मायाका कुरा

टाढा भयौ आज पछ्ताउनु पर्ला प्रिय,
मैले जस्तो माया आब कसले गर्ला प्रिय

सोच्दा ती पल तिमीसँग बिताएका,
याद गर्दा ती आशाहरू तिमीले देखाएका,
ख्याल गर्नु जिन्दगीमा आशु झर्ला प्रिय,
मैले जस्तो माया आब कसले गर्ला प्रिय

प्रेम बाचा

आउने जाने बाटोमा , चिन्छु तिम्लाई म |
भन्छौ भने सारा खुशी, दिन्छु तिम्लाई म |

नजर जुधे त पनि बोल्न सकिन कहिलै
मनको कुरा तिमिसंग भन्न सकिन कहिलै |
लोभै लाग्दो मुहार अहा! सम्झिन्छु तिम्लाई म |

हेर्छौ भने आउ सानु , छाती चिरी देखाऊ छु
बुझ्छौ भने मेरी माया, सारा कुरा बताउ छु |
मुटु भरि साचेको माया, दिन्छु तिम्लाई म |

व्यथा (मुक्तक)

आज मलाई किन किन मरे जस्तै लाग्यो
राष्ट्रको नाममा खरानी छरे जस्तै लाग्यो
अन्याय र अत्याचारले सीमारेखा नाघ्दा,
सुन्दर सृष्टिमै खडेरी परे जस्तै लाग्यो ।

प्रियशी

कुन लोकबाट पृथ्वीमा झरेकी हौ तिमि |
सबैभन्दा बढी माया गरेकी हौ तिमि |

नजर तिम्रा नासिला छन्, गुलाबी ति ओठ
आखैबाट दिलसम्म सरेकी हौ तिमि |

कति आए जीवनमा तर मन कसैसंग मिलेन
आत्मै देखि मन परेकी हौ तिमि |

टाढा टाढा घर हाम्रो , भेट्न भयो गारो
मलाई भेट्न कैयौं खोला तरेकी हौ तिमी |

मनको व्यथा

भोका, नाङ्गा, चिथराको थलो बनेको छ यो ठाउँ
प्राणभन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ

चुसिराहेछन रक्त जसरी चुस्छ्न किराले
योदेखि त्यसैले मन मेरो जलिरहेछ पिरले
बिग्रिरहेछ देश आज कसरी म बचाऊ
प्राणभन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ