Skip to content
AjayPandeyAryan


टाढा भयौ आज पछ्ताउनु पर्ला प्रिय,
मैले जस्तो माया आब कसले गर्ला प्रिय

सोच्दा ती पल तिमीसँग बिताएका,
याद गर्दा ती आशाहरू तिमीले देखाएका,
क्याल गर्नु जिन्दगीमा आशु झर्ला प्रिय,
मैले जस्तो माया आब कसले गर्ला प्रिय

न त टालेर टालिन्छ यो दिल फाटेपछि,
आउन्न फर्केर यो दिल साटेपछि,
मनको पीडा अनायासै मन मै मर्ला प्रिय
मैले जस्तो माया आब कसले गर्ला प्रिय

आवेशमा आई आरुको कुरा नसुन्नु फेरि,
जीवनमा सबै सर्छन एक न एक दिन बसेरी,
पराई पनि एक न एक दिन बसाई सर्ला प्रिय,
मैले जस्तो माया आब कसले गर्ला प्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *