Skip to content

लोप्साङ्ग शेर्पा

बिउटी पार्लर धाउँन थालि

आजकल तल्लो घरकी भुन्टी निक्कै
बिउटी पार्लर धाउँन थालि
अस्तिसम्म खोज्नुपर्ने उसलाई दिउँसै
बत्ती बालि बालि

कपाल स्ट्रेट, ल्याब्रे ओठमा लिपस्टिक
गालामा पाउडर लाली
आज भोलि भेट्दा छुट्टाउनै नसकिन
गोरी हो कि काली?

ठुल ठूला आँखा बाहिर निस्केला जस्तो
कालो गगल्सले ढाकिछे
सुँगुरको जग्गर जस्तो त्यो घना कापल
ट्रिमगरेर सर्लक्क पारिछे

कचल्टेको तिग्रा देखाई मिनी-स्कर्टमा
हाइहिल मात्र लाउँन थालि
घाँस दाउरा पंधेरो गर्नछोडी आजकल
बाजार मात्र धाउँन थालि

मोबाइल हातमा उसको चौबिसै घण्टा
खेलाउने कस्तो बानी?
भुन्टीको पनि पक्कै शुरुभयो जस्तो छ
फेसबूकमा प्रेम कहानी

बलिको बोका र म

फरक यति नै छ
त्यो र ममा
त्यो सिर्फ एकचोटी चड्छ बलि
म चड्छु घरि घरि ।
त्यो निर्दोष अञ्जानै चड्छ बलि
तर म,
सधै चड्नुपर्छ जानी जानी
कहिले बाध्यताले चडाउँछ

कहिले सामुहिक बलि चडाइन्छ मलाई

तिमी मेरी बाँच्ने आधार

तिमी नै हौ जून तारा तिमी नै हौ घाम
तिमी मेरी बाँच्ने आधार तिमी नै हौ प्राण

पहिलो भेटमै मायाबस्यो सुरुभो प्रेम कहानी
आंधी हुरी बतास झेल्यौ सहयौ घाम पानी
फेरिदियौ जीवन सैली अर्धाङ्गिनि बनि
हराभरा बहार ल्यायौ मिठो भो जीन्दगानी

यस्तै रहोस हाम्रो यात्रा युगौं-युग सम्म
मेरै बनि लीई आउनु है फेरि अर्को जन्म
सातै जुनी पवोस मैले तिम्रै हातहरु थाम्न
माङ्ग्छु सधै तिमीलाई नै भाकि मनोकामना

तिमी नै हौ जून तारा तिमी नै हौ घाम
तिमी मेरी बाँच्ने आधार तिमी नै हौ प्राण

सपनीमा आउँनेलाई

बिपनीमा खुल्न सकेनौ, सपनीमा आइरहन्छौ
बाटो अन्तै मोडी सक्यो, ब्यर्थै किन रोइरहन्छौ?

एकतर्फी माया थिएछ, तिमीले पनि देखाउन सकिनौ
म पनि त अनजान थिएँ, इशारा तिम्रो बुझ्नै सकिन