Skip to content


बिपनीमा खुल्न सकेनौ, सपनीमा आइरहन्छौ
बाटो अन्तै मोडी सक्यो, ब्यर्थै किन रोइरहन्छौ?

एकतर्फी माया थिएछ, तिमीले पनि देखाउन सकिनौ
म पनि त अनजान थिएँ, इशारा तिम्रो बुझ्नै सकिन

ढिलोगरी खोल्यौ कुरा, बाँधिएका मनका कथा
त्यतिञ्जेलसम्म मैले यता, थामिसकेथे अरुकै हात

मननै त हो कहाँ मान्थे, तिमीजस्तै म पनि’त रोएँ
यस्तो लाग्यो कुनै कुरा, जानी-जानी मैले गुमाएँ

झार्दिन म अब आँशु, सपनीमा कहिले कतै नआउनु
यदा कदा यादहरू आए, गीत बनाई गुनगुनाई दिनु

बिपनिमा खुल्न सकेनौ, सपनीमा आइरहन्छौ
बाटो अन्तै मोडीसक्यो, ब्यर्थै किन रोइरहन्छौ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *