Skip to content

तिमी नै हौ जून तारा तिमी नै हौ घाम
तिमी मेरी बाँच्ने आधार तिमी नै हौ प्राण

पहिलो भेटमै मायाबस्यो सुरुभो प्रेम कहानी
आंधी हुरी बतास झेल्यौ सहयौ घाम पानी
फेरिदियौ जीवन सैली अर्धाङ्गिनि बनि
हराभरा बहार ल्यायौ मिठो भो जीन्दगानी

यस्तै रहोस हाम्रो यात्रा युगौं-युग सम्म
मेरै बनि लीई आउनु है फेरि अर्को जन्म
सातै जुनी पवोस मैले तिम्रै हातहरु थाम्न
माङ्ग्छु सधै तिमीलाई नै भाकि मनोकामना

तिमी नै हौ जून तारा तिमी नै हौ घाम
तिमी मेरी बाँच्ने आधार तिमी नै हौ प्राण

Leave a Reply

Your email address will not be published. Required fields are marked *