Skip to content

लोप्साङ्ग शेर्पा

जति हेरे हेरुँ लाग्छ तृष्णा मेटिएन

जति हेरे हेरुँ लाग्छ तृष्णा मेटिएन
उसको रुपको बयान गर्ने शब्द भेटिएन

फूलसँग तुलना गरूँ, ओइलाई जाने हो कि
जूनसँग दाँजी हेरूँ, अस्ताई जाने हो कि
हिमाल-पहाड खोजी हेरे कतै भेटिएन
उसको रुपको बयान गर्ने शब्द भेटिएन

मेरी प्रियसी

कुन बगैचामा फुलेकी हौली मेरी प्रियसी ?
जुन जस्तै कतै झुलेकी हौली मेरी प्रियसी

धेरै दिन भयो खोजिरहेछु सपना साँचेर
डाँफे मुनालझैं डुलेकी हौली मेरी प्रियसी l

भाग्य लेख्ने मसी

भाग्य लेख्ने मसी खोजे कतै पाएको होइन
खोज्दा खोज्दै थाकेकोछु हरेस खाएको होइन

मन्दिर घुमे मस्जिद घुमे भगवान पुकारे
धर्म फेरें समाज फेरें तर मसी भेटेको होइन

तर मूल्य किन सस्तो?

फूलहरु फूल जस्ता छैनन् यहाँ सुगन्ध हराएको
मित्रहरु मित्र जस्ता छैनन् यहाँ अन्जान भइसकेको
किन पृथक हुदैछन् यहाँ हरथोक मिसावटी जस्तो
सबै वजन्दार हुनखोज्छन् यहाँ तर मूल्य किन सस्तो?

छात्ती भित्र मुटु चल्छ

छात्ती भित्र मुटु चल्छ, मुटु भित्र छ मन
मनभित्र न्यानो ठाउँमा, बस्छिन् मेरी माया
त्यै मायाको भरोषामा, चल्छ यो जीवन /१/

उजेली छर्ने घाम हुन् उनि, अंधेरी चिर्ने जून
प्रभात देखि सन्ध्या सम्म, संगै डुल्ने छायाँ
त्यै छायाँको भरोषामा, चल्छ यो जीवन /२/

सुन्दरताकी धनि उनि, छ शुद्ध आनी-बानी
अगाध माया प्रेमको, प्रतिक हुन् मेरी माया
त्यै मायाको भरोषामा, चल्छ यो जीवन /३/

सम्बन्ध हाम्रो

सम्बन्ध हाम्रो उही पुरानो पुन: डोहराउँ कि भन्दैछु
पडदा पडदै छोडेको कथा पुन: दोहराउँ कि भन्दैछु

अषार श्रावन बर्खे-झरी मासमा हिडेको त्यहि बाटो
साहश जोडी गोरेटो मोडी उस्लाई भेट्टाउँ कि भन्दैछु

गलतीहरु हुन्छन् मान्छेबाट म पनित मान्छे न हुँ
गलती स्विकारी पाउमा परि माफी मागौँ कि भन्दैछु

आशा छ मलाई भरोषा पनि नाइँ उन्ले भन्दिनन्
बिगतलाई भुली अब नछुट्ने बाचा गरौँ कि भन्दैछु

भेट्न आउँथिन्

भेट्न आउँथिन् गाग्रो बोकी पानी पधेरिमा
चोखो माया जोगाइराख्न लुकीछिपी अधेरिमा

छिपाएर कहाँ छिप्थे उमंग जवानीको
एउटा छुट्टै अर्थ थियो हाम्रो कहानीको
समाजको आँखा उस्लाई हेर्ने थियो छुट्टै खाले
मैले भने मनमन्दिरमा दियो उस्कै नाममा बालें

म प्रकट हुन सक्दिन

आकाश चिरेर
धर्ती फोडेर
म प्रकट हुन सक्दिन

सक्ने भए,
ठिक – बलात्कार हुनलागेको ठाउँमा प्रकट हुन्थे
ठिक – भ्रष्टाचार हुदैगरेको ठाउँमा प्रकट हुन्थे
ठिक – आतंककारी बिस्फोटन हुनलागेको ठाउँमा प्रकट हुन्थे

विकराल रुपधारण गरि सकेको छ |

भर्खर उदाएको
सूर्यको उषा-किरण जस्तै
सुस्त
सुस्त
मनोहर अंकुराहरु रोप्दै आउँछ त्यो
हाम्रो घर-आगन सम्म |

सुस्तरी बढ्दै जान्छ
हाम्रै इच्छा, अकाङ्ग्छा र बेहोसीपनको बुई चढेर
पत्तैनपाई त्यो ठुलो भैसक्छ

तेस्का हजारौं लाखौ पराश्रित लहर र पातहरुले
हाम्रो संस्कार र सभ्यताको बुडोरुख
सधैलाई छोपि दिन्छ |

त्यस पछि तss…..
घर, घरजस्तो रहदैन,
मन्दिरहरु, मन्दिरहरु जस्ता हुदैनन्,
बुद्ध-बिहार र गुम्बाहरुले क्रमस: आफ्नो महत्व गुमाउदै जान्छ,
सब खोक्रो भैसकेको हुन्छ |

बिग्रिन लागेका छोरा-छोरिलाई सम्हाल्न खोजे
अधिकारको कुरा उठ्छ |
शहर-बजारका फेसन देख्दा रिंगटा छुट्छ |

संयोग पो थियो कि!

तिम्रो मेरो सम्बन्ध अघि नबढ्ला जस्तो छ
विवाद अरु बढ्नुभन्दा नाता तोड्ला जस्तो छ ।

भावीले लेख्छन् रे सम्बन्ध म विश्वास गर्दिन
तिम्रो मेरो नाता खोज्न माथा फोड्ला जस्तो छ ।

रमेर खेलौं होलि

चांड पर्बमा सबैको प्यारो, रंगले खेल्ने होलि/
अरु चांडभन्दा पृथक छ यो, सबैले खेल्ने होलि//

पहाड मदेश जोड्छ यसले, रंगमा रंग घोली/
सौहार्दपूर्ण भ्रातृत्व झल्काउने, पर्व हो यो होलि//

को धनि को गरिब, पोत्छन् रंग एकअर्कामा/
कालो गोरो छुट्याउँदैन, तेसैले प्यारो छ होलि//

रातो सेतो हरियो पहेलो, रंगहरु सबै खुसीको/
खुसीका रंगहरु गाडानै रहोस, रमेर खेलौं होलि//

बे-मौसमी झरी

सिमसिम सिमसिम बर्षी रहने ए बे-मौसमी झरी
अतित सम्झाई रुवाउन खोजेको तैले आज फेरि?

भो भो अब रुदिन सम्झी त्यो निष्ठुरीलाई फेरि
मझधारमा एक्लै छाडी जानेको तस्विर हेरी हेरी

हेमन्त पछि शिशिर आउँछ शिशिर पछि वसन्त
समयसंगै म पनि बदलिएं मनपर्दैन अब एकान्त

भो अब नबर्ष तिमी पनि वसन्तले बहार ल्यावोस
फूलहरु फुलोस र सबैको मनमा नयाँ उमंग छावोस

आजसम्म जिएँ

वर्षायाम झै भिजेका रातहरू धेरैनै बिताएँ
शिशिरमा झै ति लामा दिनहरू रोएँरै कटाएँ
एक्लै छाडी जब ऊनी माटोमा बिलाए
ऊन्कै कसमहरु पुरागर्न म’भने आजसम्म जिएँ

कल्पनामा ऊनी आउँदा पागलझै कराएँ
सपनीमा ऊन्लाई देख्दा डाँकोछोडी रोएँ
सम्झनामात्र छोडी ऊनी भने माटोमा बिलाए
ऊन्कै कसमहरु पुरागर्न म’भने आजसम्म जिएँ

मरेरै जाने हो एकदिन

मरेरै जाने हो एकदिन, सबै डाडांमै पुग्ने हो |
फूल पनि ओइलाई झर्छ, रहिरहने सुबास हो ||

मरेरै जाने हो एकदिन, सबै खोलामै पुग्ने हो |
नदि नाला सुकेर जान्छ, रहिरहने हिमाल हो ||

मरेरै जाने हो एकदिन, सबै माटोमै मिल्ने हो |
पहाड-पर्बत पहिरोमा बग्छ, रहिरहने माटो न हो ||

मरेरै जाने हो एकदिन, सबलाई रुवाएर जाने हो |
माया-मोह छुटदै जान्छ, बाँचीरहने नाम मात्र हो ||

तिमी

जिउने सास हौ तिमी
र त यो मुटु धड्कन्छ
बाँच्ने आश हौ तिमी
र त बाँच्नुको अर्थ छ

सुखको राश हौ तिमी
र त वसन्त बहार छ
दु:खको नाश हौ तिमी
र त शान्तिको बास छ

आमाको आँखामा

बलिन्द्र धारा भएर मनका ब्यथाहरू आज वर्षिरहेछ आँखामा
कसरी भूल्नु यतिका वर्ष नानी भएर बाँचेको आमाको आँखामा?

निःस्वार्थ जीवन दान दिएर जाने संसारमा आमानै त रहेछ
ठूलो र सानो छुट्टाउने भावहरू देखिन कहिले आमाको आँखामा