Skip to content

लोप्साङ्ग शेर्पा

पिउँदा पिउँदै कलेजो डडी ढल्न पनि सक्छ

हिडदा हिड्दै पाइलाहरु लरबराउन सक्छ
सोझो मान्छे रक्सिको भट्टी धाउनु थाल्न सक्छ
मायाको असर हो हजुर, यो निर्मोही मायाको असर हो
पिउँदा पिउँदै कलेजो डडी ढल्न पनि सक्छ

मन जल्न सक्छ अनि तन गल्न सक्छ
दिन बिते पनि रक्सि बिना रात लम्बिन सक्छ
मायाको असर हो हजुर, यो बैगुनी मायाको असर हो
पिउँदा पिउँदै कलेजो डडी ढल्न पनि सक्छ

कविता फुर्न सक्छ अनि जगल कोर्न सक्छ
विरह भाकामा आँशुझार्ने गीत गुनगुनाउँन सक्छ
मायाको असर हो हजुर, यो विरही मायाको असर हो
पिउँदा पिउँदै कलेजो डडी ढल्न पनि सक्छ

हरेस खान सक्छ अनि अतेस खान सक्छ
अत्ति भए गत्तिनै छाडी पागलभई डुल्न सक्छ

माया

टलपल टलपल सुकि जाने, शीतको थोपा होइन माया
उज्यालोमा मात्रै साथमा हिड्ने, छायाँ पनि होइन माया

सुन-चाँदी जस्तै तौलिन मिल्ने, यो कुनै वस्तु होइन
सस्तोनै बरु किन नहोस, फलाम जस्तै भैदियोस माया

चुल्बुली काली

चौतारीमा पर्खी बस्थिन उनी घाँसको भारी हाली
डिलमुनिको बाटो भएर उक्लिने मेरो आशाहरू पाली

चम्किला ती नयन उसको कोइलीको जस्तो बोली
छरिएको केश सम्म्याउँदै लज्जाई दिन्थिन मोरी

जिन्दगी साँच्चै एक नाटक रहेछ

जिन्दगी साँच्चै एक नाटक रहेछ
तपाँई हामी सबै केवल पात्र पात्रा
सिक्नु सिकाउनु चलि रहन्छ यहाँ
कोहि शिक्षक त कोहि छात्र छात्रा।

समय लगातार अनुकुल हुँदा
लाग्छ यो हो कुनै दुईदिने जात्रा
केहि क्षणलाई मात्र यो प्रतिकुल हुँदा
लाग्छ सधै अषार, श्रावन अनि भाद्रा।

जब रंगमंचको पर्दा खुल्ला रहन्छ
ब्यस्त भैदिन्छौं भोग बिलाश रोज्न
पश्चतापको जब कालो पर्दा खस्छ
देर भईसक्छ जीवनको मर्म बुझ्न|

माया-मोह, सुख-दु:ख, हाँसो-रोदन
सब अनुक्रमहरु हुन जीवन मंचको
बांचुनजेल कुनै सत्कर्मत गरि राखौ
कम से कम आफ्नो गाउँ-घर पन्चको|

बितेर नाजावोस है तिम्रो त्यो जोवन

केटा: बितेर नाजावोस है तिम्रो त्यो जोवन, बरु आइहाल समाल्न यो मेरो मन
केटि: बितेरै जावोस न त बित्ने यो जोवन, बरु तिमिनै समाल त्यो चंचल मन
केटा: बितेर नाजावोस है तिम्रो त्यो जोवन………….|

केटा:
बनपाखा ढाकि गुरास फूल्छ, बसन्त लोलाउँछ
बसन्त पछि गृष्मऋतु आउँछ, फूल पनि ओइलाउँछ
फूल पनि ओइलाउछ|

केटि:
गुरास होइन यो मेरो जोवन, शुगंधित सुनाखरी हो
महिना दिनमै फक्रेर जान्न, यो त बर्सौं दिन टिक्ने हो
यो त बर्सौं दिन टिक्ने हो|

केटा: बितेर नाजावोस है तिम्रो त्यो जोवन ………….|

केटा:
फूलेको फूलमा भमरा घुम्छ, धपाएर धपिदैन

जिन्दगी

चैत्ता मासको खोला जस्तो कहिले, सुस्ताउँछ जिन्दगी
द्रुतगतिमा श्रावनको भेलझैं कहिले, बगिदिन्छ जिन्दगी

कहिले वसन्तको कपासे बादलझैं, आकाशिन्छ जिन्दगी
कहिले चुडेको चंगाझैं बतासिएर भुँइमा, ओर्लिन्छ जिन्दगी

भाषण


हजारौं सपनाहरु पस्केर
एउटा स्वार्थीको स्वार्थ डगार्ने
मीठो परिकार हो भाषण|


भूत र वर्तमानको पृष्ठभूमिमा
छायांकन गरेर भविष्य देखाउने
बाइस्कोप हो भाषण|


मनमा लडडु फुटाउने
तर, यथार्तमा भूस चटाई रहने
मायाजाल हो भाषण|


एउटा क्रूर शासनको अन्त्य गरेर
अर्को घुमाउने आसन बनाउने
कुसल कारीगरी हो भाषण|


सधै एउटै कुरा फलाकेर
गरिबीको पिशाच हटाउन नसक्ने
झाँक्रीको जोखाना हो भाषण|

महा-रूढिवादी हुनु हो

संसारमा यदि ठूलो धर्म छ भने, मानवताको धर्म हो
अरु त केवल जीवन पारलाउने, बन्धन र कश्ती हो

काटेर हेर सबै प्राणिको देह, रातो रगतनै बग्दछ
प्रेमले जित्नुसके हिंस्रकजन्तु पनि, हितैषी बन्दछ

रातकाट्ने रक्सी न हो

साँझपखको हुस्सु र कुहिरोसँगै, एक प्याला भरी पिएँ
तिम्रै नाममा आज फेरि एउटा, गजल कोरी दिएँ

छुट्नु थिएछ टुट्नु थिएछ, अगाध माया दियौ
त्यही माया आज यो छात्तीभित्र, गाडेघाउ भैदियो

विचार!

विचार!
मेरो विचार
तपाइंको विचार
तपाईं अनि मेरो विचार
उसको अनि तेस्को विचार
एक्लो विचार
हामी सबैको विचार
बिश्वाश बढाउने विचार
संस्कार जन्माउने विचार
भत्काउने र बिगार्ने विचार|

विचार गर्नुहोस त, विचार!
त्यो चुचो मिलेको ढुङ्गाले देउताको रुपलिन्छ|
हात्तिसुडे रुखको जरा भगवान भैदिन्छ|
माइको या गाइको गर्भ बिग्रेर
असाधारण बच्चा जन्मियोस
धुप बाति बालेर
अक्षता पाथी धुपौरो घुमाएर इस्थापना ग्रनुहोस
भोलिदेखि त्याँहा दर्सनर्थिहरुको
भिड भैदिन्छ|

गर्नुहोस त विचार!
निर्दोष, लाचार त्यो कुरुप बुडी आइमाई
बोक्सी भैदिन्छ|
जाँड खाएर सधै बौलाउने जगल्टे दाई चै

मुस्काई दिनु प्रिये

मुस्काई दिनु प्रिये सधै भरिनै यसरी
सुखमा दु:खमा पूर्णिमाको जून सरी
साँझमा रातमा
निदरी अनि सपनीमा

हुने छैनौ टाढा कतै सधैलाई नभेट्ने गरी
रहनेछौं समिपमा जून-तारा झै वरी परि
सुखमा दु:खमा
आँशु अनि हाँसोमा

नाइँ पनि भनिनौ तिमीले

नाइँ पनि भनिनौ तिमीले हुन्छ नि भनिनौ
समय बित्दै गयो तिमीले जवाब दिदै दिएनौ|
बढेका धड्कनहरु मुटुमा बिस्तारै व्यथा बनिदियो
बिस्तारै चाहनाहरु सबै मुर्झाए अब सम्झना मात्रै रह्यो||

डढेलो त दुईतिरै सल्केकै हो नि, त्यो भनिरहनु पर्दैन
मन-मन्दिरमा मलाई सजाएकै हौ, तिमीले ढाटिरहनु पर्दैन|
तिमि मुस्कुराउद बसन्तले बहार ल्याउन्थ्यो, कोइलिले गित गाउथ्यो
तिनै मुस्कानमा मं भुल्थे, फूलहरु फूलथ्यो||

शायद तिम्रो त्यो मौनतामा बाध्यता लुकेको थियो कि?
उत्कट मेरा इच्छाहरुले नजरअन्दाज पो गर्दियो कि?
दुई मुटुको धड्कन कतै एउटा हुन सकेन
तर जतिटाडा भए पनि तिमीलाई बिर्सनै सकिन||

मन मन्दिरमा तिमीलाई सजाउँला

मन मन्दिरमा तिमीलाई सजाउँला सुटुक्क थाहै नदि भागौंला ति दुई हातहरु सधैलाई थामेर जीवन संगिनी… Read More »मन मन्दिरमा तिमीलाई सजाउँला

सागर भन्दा गहिरो

सागरभन्दा गहिरो सम्बन्ध हाम्रो आज बाफ भै उडेछ
जनम जनमलाई नछुट्ने मायाको डोरी चंगा झै चुडेछ
सागरभन्दा गहिरो……………………..

अनायासै बसेको त्यो चोखो माया गुलाब झैँ फूलेको
ढूकढूकी भित्र एक आर्कलाई लुकाई संसार नै भुलेको
त्यो जोडी देख्दा उत्साहित बनी डाफे मूनाल नाचेको
सागरभन्दा गहिरो……………………..

एकोहोरो गोरु जस्तो…

विचित्र छ समय
परिर्वतनशील यूग अनि काल…!

भर्खरै एकहुल देउसे आएर गए…
न मादल छ न त खैंजडी
न दौरा-सूरुवाल न त चौबन्दी-चोली
ड्रमसेट र इलेक्ट्रिक गितार
ठूल-ठूला साउण्ड-बक्स थर्काएर गए
कानै खानेगारी।
कुनै कन्सर्टको झझल्को आइ रहेथ्यो
देउसुरे र झिलिमि झिलिमि मात्र बुझियो
त्यो भन्दा धेरै बुझ्ने प्रयास पनि गरिएन!
किनकि,
गीतमा न ताल थियो न लय।
एक युवक उफ्री रहेथ्यो बिच्चमा
भताभुङ्ग कपाल,
जिन्सपेन्ट झरेको,
जिउ सुकेको
टी-सर्ट फूकेको|
ठम्याउनै सकिन,
न त ऊ होशमा थियो न त डोजमा,
न त ऊ नाँच्दै थियो न त आफै भाँचिदै|

स्वीकारर्नै पनि त पर्यो…,
समयको फड्को!

गर्नु गर्यो फेसबुकले

गर्नु गर्यो फेसबुकले, गर्नु सम्म गर्यो
भेट्दै नभेटेकी केटीसंग, लभ मेरो पर्यो

गर्नु गर्यो फेसबुकले गर्नु सम्म गर्यो
मा’को आँखाको पावर बढ्यो
बा’को ब्लड प्रेसर चड्यो

बिहान देखि बेल्कीसम्म
फेसबुकमै ह्यांग भाको
न भातखाको स्वाद आको
न त पत्तो छ दिन गाको

दिदी बहिनी फेसबुकमै
शाली भेना पनि त्याँइ
बाबा आमा कराइ रहन्छे
मलाई चिलाइ न कनाइ

थुप्रै थिइन् केटि साथि
च्याटमा मस्त हुन्थे
चयाउँखुरीको धम्कि आयो
सबलाई ब्लक हान्दे

कस्तो नियम कडा उसको
मेरो पासवर्ड ऊनलाई दिनु पर्ने?
फ्रेन्ड-लिस्टमा केटि देख्यो कि
खोजि निधी गर्ने

अनगन्ती स्ट्याटसहरु उसको

जिन्दगी एक नाटक

जिन्दगी साँच्चै एक नाटक रहेछ
तपाँई हामी सबै केवल पात्र पात्रा
सिक्ने सिकाउने चलि रहन्छ यहाँ
कोहि शिक्षक त कोहि छात्र छात्रा।

समय लगातार अनुकूल हुँदा
लाग्छ यो हो कुनै दुईदिने जात्रा
केहि क्षणलाई मात्र यो प्रतिकूल हुँदा
लाग्छ सधै अषार श्रावन अनि भाद्रा।

सबै नाङ्गै आयौं र नाङ्गै जानु छ
इर्ष्या, लोभ, लालच, क्रोध र घमण्ड किन?
माया-मोह
हाँसो-रोदन
सुख-दु:ख
मिलन-बिछोड
सबै हिस्सहरु हुन यो जीवन रङ्गमंचको
बाँचुञ्जेल मिलेर
आ-आफ्नो भूमिका निभाउ न, हुन्न?