Skip to content

रमेश भट्टराई सहृदयी

कलिलो क्रन्दन र कसिलो गाँठो

‘यदि स्वर्गमा पुग्ने इच्छा छ भने बालक बनेर हेर’– एङ्गेलले भनेका छन् । जुन देशका बाल ओठमा मुस्कान र अनुहारमा खुसीका रङहरू झल्किन्छन् त्यहाँको आगतमा उन्नति निमोठिएको हुँदैन । बालबालिका सुन्दर राष्ट्रनिर्माता हुन् । राज्यको बागडोर सम्हाल्ने भोलिका होनहार समाज रुपान्तरणका हस्ति हुन् । देशको स्वर्णिम भविष्य रेखा कोर्ने स्वप्ना र खुबी आजका कलिला मस्तिष्कमा हुन्छ । सङ्गत गुनको फल बालकले पाएका हुन्छन् । बाल सर्वाङ्गीण विकासका पक्षमा देश उभिए भोलिको सुन्दरतालाई हेर्ने अवसर पाइन्छ । तसर्थ, बालमनोवैज्ञानिक शैक्षिक दमनरहित शिक्षाको वातावरणमा अब शिक्षक र शिक्षावेत्ता सजक बनून् । साथीले कक्षाकोठामा मनोवैज्ञानिक दमन नगरोस्, घर, टोल, समाज र विद्यालय क्षेत्र स्वतन्त्र बन्न सकून्– बालअधिकारका निम्ति ।

आफू बन्नेको होड छ समाजमा

अरु होच्याई महान् आफू बन्नेको होड छ समाजमा
ठहर्याई दोषी खोइरो खन्नेको होड छ समाजमा

जान्न अवगुण आफ्नो नजिकका विरोधी खोजे पुग्छ
देख्दा दुर्गति गाँस रुच्छ भन्नेको होड छ समाजमा

त्यो क्षितिजले प्रेम बोल्छ

त्यो क्षितिजले प्रेम बोल्छ म कहाँ भेट्न सक्छु
एकपछि पीडा अर्को न त म घचेट्न सक्छु

जिन्दगी दौड यो भिरको साँघुरो गोरेटोमा
लाग्छ ईश्वरीय जाँचमा छु न लखेट्न सक्छु

राहत

च्याँसेलाई यसपालिको दशैँमा पनि मासुभात मजाले खान पाइएला भन्ने आशा छैन । सात वर्ष अघि नै ऊ सातौँ महिनाको हुँदा आमाको मायालाई दैवले चुँडेपछि उसको बाबु सुर्के माइलाले काममा सँगै लान्थ्यो । एक छेउमा एक्लै खेलेर बस्ने कुरामा च्याँसे अभ्यस्त भइसकेको छ ।

सुर्के माइलो आफू डकर्मी भएर पनि के गर्नु ! एउटा भएको सानो झुप्रो समेत भूकम्पमा लडेर लथालिङ्ग भएको छ । अलिअलि कमिएको पैसा त लत्ताकपडा र भाँडाकुँडा किन्दैमा सकियो । गाईबस्तु बस्ने कटेरोमा आफू बस्न थालेपछि कलौरी गाई र अधियाँ पालेको हरिबहादुर साहुको थोरे पाडो पनि खुल्लै छन्, बारीमा ।

पर्वतले कसेको गाँठो

तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको ओखती भण्डार पर्वत मालाले नेपाली सौन्दर्य गाथालाई स्वाभिमानसँगै एकाकार गरेको छ । भूबनोटको पृथक कलासङ्गम नेपालभूमिका पर्वत लहरमा अर्थतन्त्रको जग छ । श्रद्धा र प्रेम द्रवित भएर मेचीदेखि महाकाली बगेका छन् । झरनाका आभुषणले रजनी बाधा हटाउने दिव्य ज्योति जादुको सामर्थ्य लुकाएको छ । हिमाली शिरताजको हिम स्वच्छताले मितेरी गाँस्ने पर्वतीय कथासँग शिव पार्वतीको अकाट्य नाता घनिभूत भइरहन्छ । समथर फाँटमा सीता र जनकको आदर्श भाव प्रवाहित छ । प्रकृतिको विलक्षण कला सङ्गम नेपाली वक्षस्थलमा सजिएका पर्वत शृङ्खलाले अतिथिलाई डाकिरहन्छ ।

जुत्तामाला दिन्छ कली

पुष्प माला दिनेलाई जुत्तामाला दिन्छ कली
आशीर्वाद अर्तीलाई उल्ट्याएर लिन्छ कली

रण्डीबाजी, जुवा, तास, मद्यपान मोज हो रे
कप्टी पाखण्डीलाई सम्मान दिँदै हिन्छ कली

बाहिर स्याल तर भित्र सिंह

बाहिर स्याल तर भित्र सिंह गर्जन उस्ता–उस्तै यहाँ
मखुण्डोमा देउता देख्छु तर दानवीय रुप दुरुस्तै यहाँ

रित्तिएको पुख्र्यौली थोत्रो भाँडोको भिखले नपुगेपछि
जुर्मुराए बुख्याँचाहरू निरीह रगत चुस्दा–चुस्दै यहाँ

काठमाडौँमा जीवन

संस्कृत शब्दको “काष्ठमण्डप” को अपभ्रंशबाट बनेको काठमाडौँ शब्दलाई नेपालको राजधानीको रुपमा चिनिन्छ । जीवनदर्शनको खोजीमा सबै लालची बन्छन् नै । जीवन के हो ? कहाँको जीवन र कस्तो जीवन सुखदायी बन्छ ? यी त्रिकालदर्शी मुनी पनि जान्न असमर्थ हुन्छन् । ब्रह्माण्डमा जीवन, अन्तरिक्षमा जीवन, धर्तीमा जीवन, देशमा जीवन, जिल्लाको सहरमा जीवन, गाउँमा जीवन एउटा परिवारमा जीवन धेरै खालका जीवन भेटिन्छन् । जीवन त्यो हो जुन आमाको गर्भ भित्रदेखि लिएर बाहिर निस्केपछि श्वास चल्यो र अन्तिम श्वास जहिलेसम्म चल्छ, त्यो समय अर्थात् जन्म र मृत्युको बीचको अबधि नै जीवन हो ।

शान्ति दूत बुद्धको हार छ आज

रक्तनृत्य विरोधी शान्ति दूत बुद्धको हार छ आज
हिटलरको रक्त होलीलाई कत्रो सत्कार छ आज

पिपले खेतलाई मिलेर सधैं कुलो खन्थे छिमेकीहरू
दलित बाहुन्, बाहुन् दलित विरोधी दुई धार छ आज

शान्तिको नाममा

लुछाचुँडी महायुद्ध चलिरन्छ शान्तिको नामले
सोझाहरुकै दागबत्ती बलिरन्छ शान्तिको नामले

गाँस टिपी सानो झुप्रो सजाउने स्वप्ना बोक्दा
साँचो मान्छे निसानामा ढलिरन्छ शान्तिको नामले

RameshBhattaraiSahridahi

पश्चातापबाट प्राप्ति

गोपाल विद्यालयको सबैभन्दा कमजोर विद्यार्थी थियो । परीक्षामा सधैँजसो गाली र सजायको ठेक्का बोकेको उसमा सबैको नजर पर्थ्यो । जसरी जान्ने विद्यार्थीमा माया बर्सिन्छ त्यसै गरी पढाइमा कमजोर भएको उसमा पनि प्रायः शिक्षक लगायत घर परिवारको उत्तिकै गाली बर्सिन्थ्यो ।

एकदिन डाँडागाउँबाट उसको घरमा मामा आउनुभएको थियो । उहाँले उसलाई माया गरेर भन्नुभयो–“ओहो ! भान्जा बाबु त लाठे भइसकेछन्, अनि पढाइ कहाँ पुग्यो ?”