Skip to content

रमेश भट्टराई सहृदयी

नारीलाई सम्मान अनि सलाम

ढाक्छ्यौ आधा आकाश नारीलाई सम्मान अनि सलाम
आमा, दिदी, बहिनी नारी नै हुन्– कति गर्छौ अपमान ?

युग चल्ने आधार, सृष्टि सार सर्वश्व सशक्तिकृत
घर, सदन, सहर त्यो सरकारमा खै कति सान ?

पिउन सकिन आँसु

पिउन सकिन आँसु मैले बगेरै समुद्र भयो
जिउन सकिन म घायल खुट्टा यसै भाँच्चिरह्यो

म मान्छे र कुमान्छेमा मान्छेकै रूप खोज्थेँ, पाइन
न मान्छे न सुमान्छे आखिर आशा यसै टुट्दै गयो

म टिचर

हजुरबाले ठूलो काठको पिरामा
फुरुरु परेको धुलो माटो फिजाउन लाएको था’छ
सीमालीको छेस्कोले ढ्याब्रे अक्षरमा
अ, आ र क, कासम्म,
एक, दुई र दुनिअङ्क पनि
हजुरआमाले प्रत्येक बिहानीमा
पाञ्चायन पुज्दा भन्ने मन्त्र
रामायण, स्वस्थानी पढ्न लाएको था’छ

चक्र जस्तै घुम्दो रै’छ

खेल कस्तो दुनिया यो चक्र जस्तै घुम्दो रै’छ
शैली ढुङ्गेयुगकै खै मानवता गुम्दो रै’छ

बालापन सिक्यो बढ्यो प्रेम भाव आमाप्रिय
जवानीको मात चढ्दा घमण्डले चुम्दो रै’छ

असारे जीवन

मानोलाई खाई उब्जाऊँ मुरी किसान भन्दछन्
असारभर पसिना बगाई मङ्सिरलाई गन्दछन्

झ्याउँकिरी बास्यो खेतालो नाच्यो भ्यागुतो करायो
लौ मेलो छोडौँ बालबच्चा रोए उज्यालो हरायो

लोकतन्त्र उस्तै तर

अहो ! भन्छन् नयाँ नेपाल हो रे– लोकतन्त्र उस्तै तर
पीडा, जलन, कुकर्म भ्रष्टता शोकतन्त्र उस्तै तर

हिजो मोडिन्थे गोडा राजाज्यूका आज सयौँ नेताका
नयाँ रे नि खै के हो मखुण्डोको ढोगतन्त्र उस्तै तर

बधशालाको शहीद

एकजना एक्काइसौँ शताब्दीका सुटेकबुटेक मान्छेको मुखमा मासुको सानो टुक्रा अड्किएकाले, निकाल्नु परेकाले हस्पिटलमा जाँदा लाइनै बस्नु परेनछ । उनको कोट कालो थियो । ठूलो मान्छे सोचेर बेग्लै सम्मान भएको रहेछ, मान्छेको लामो भीडका बीचबाट १५० किलोको माला लगाएर भव्य स्वागत गरिरहेको स्पष्टै देखिन्थ्यो । त्यसपछि ती बुज्रुक पढालेखा मानिसले गोरुगाढामा चढेर रमाइलोसँग तराईको दृश्य नियालेको खबर पत्रिकाले पहिलो पानामा सचित्र छापिदियो । चिकेनलाई करेन्ट लगाइरहेको, तिनलाई समातेर त्यो मेसिनमा फालेको दृश्य देखेर उनी सेल्फी खिच्दै रमाइरहेका थिए । म छेउमा बसेर ती गोरुका पसिनाका धारा देखेर त्यो टट्यानपुर घाममा तिर्खाएका गोरुको वेदना सुन्दै थिएँ ।

जीवित अभिभावकको टुहुरो म

१.
मेरा बाबा आमाको प्रेमिल अनन्य सपनासँग
म पहिलो भविष्यको कल्पना सागर….
कैयौँ रात म गृहकार्यका पानासँगै
मेरो भाग्य रेखाका गन्थन सुन्थेँ
म मुक थिएँ सायदै
तर,
मेरा मगजले बेलवज तर्कना पस्किरहन्थे

करुणा, अहिंसा र प्राणी अधिकार

यो पृथ्वी कसैको जिजुबाको दाइजो भए
लाखौँ निरीह जीवसँग कर उठाइन्थ्यो होला
तिम्रो सर्वश्रेष्ठताको माप के हो मान्छे ?
अहिंसा परमो धर्म ठूलो या जीव्राको तृष्णामा मांसाहार ?
विज्ञानलाई सोध… बुद्धलाई सोध….
तिम्रो र तिनको शारीरिक तत्वमा के भिन्नता छ रे ?

गजब छ मान्छे

दौडाहा जीवन पलपलको पलमा मरिरहेछ
एक एक स्वाससँगै एक एक मुक्का मारिरहेछ
धकेलिरहेछ,
आखिर जीवन न रोदन हो त कर्कस तर किन ?
बाँच्छ ७५ वर्ष पच्चीस हजार पाँच सय पचास दिन
रात गाँसेर योग भो
बालापन खेलेर बित्यो, सुतेरै गयो
सत्य होइन र, के म निरासी हुँ त !

हात मुख जोर्नु छ हाय !

हात मुख जोर्नु छ हाय ! ढल सोहोर्न खाली छैन ?
कर्म चाहने यो आशेलाई आधारको पाली छैन

गर्छु कर्म प्रभु मोल्छु गोडैभन्दा पनि तड्पिएर
भयो यो जीवन बेवारिसे दैव मेरो माली छैन

कालोधनले चल्छ राजनीति

विकासे भाषण, स्वार्थी जलप कालोधनले चल्छ राजनीति
पाइन, पैसा, पावरले सोझाकै पसिनामा फल्छ राजनीति

चुनावमा असम्भव केही हुन्न, सबै जनता चिन्छन् नेताजी
जिते बिर्सिन्छन्, हारे कुर्लिन्छन्, प्रतिशोधसँगै जल्छ राजनीति

सिउँदो पखालियो, काख रित्याइयो तर माला लाउँछन् उनै
विकासको नाममा कमिन्छ दाम निरीह नै छल्छ राजनीति

चैन किन भा’को छैन

पलङ सुनको पाए पनि चैन किन भा’को छैन
लाग्यो भोक मिल्यो खाना तर, फेरि किन खा’को छैन

बाँच्छौ तिमी कति वर्ष अँझै इच्छा कति पूरा भए
दुनियाँले खोज्या सुख शान्ति अँझै किन पा’को छैन

बहुआयामिक देवकोटा, युग र स्वच्छन्दतावाद

एउटा पाटो अभावमा रम्ने जिन्दगीको, अर्कोतिर शैक्षिक समुन्नतिभित्र दूरदृष्टि सजाइएका कुरा त्यसमा पनि साहित्यभित्र प्रकृतिका कुना कन्दरा चियाइएको; खुला बहुआयामको फाँटमा अङ्कित लक्ष्मीप्रसाद देवकोटाको नाम आजका सुकोमल बालहृदयदेखि बयोबृद्धका मनमस्तिष्कमा लिपिबद्ध प्रायः नभएको लाग्दैन । कलम कल्पनाको सागरभित्र वायुको गतिमा दौडिएका विलक्षण भाव लहरी जीवन्त छ, महाकविको आशुकवित्व प्रभावभित्र ।

अँधेरीमा जून राम्रो

अँधेरीमा जून राम्रो चम्किँदामा सुन्दर लाग्छ
पँधेरीमा धून राम्रो घन्किँदा मन शोभा जाग्छ

सानी मायालु लजाउँदै गाउँबेँसी गर्छिन् सधैँ
चौतारीको ढुङ्गे धाराले सौन्दर्यको भिख माग्छ

गन्तव्यमा पुग्नै गाह्रो

गन्तव्यमा पुग्नै गाह्रो पाइला अघि बढे पनि
मान्छे बनी हिँड्न साह्रो एक दुई सिँढी चढे पनि

देख्छ कस्ले वह मनको रमाउने वहानामा
नथामिने विचार कस्तो पाइलै पिच्छे लडे पनि

घाँटीसम्म डुबेर बाँच्नलाई

घाँटीसम्म डुबेर बाँच्नलाई तड्पेको चित्कारलाई सुन प्रभु
जीवनमरण दोसाँधमा अड्केको मातृ प्यारलाई सुन प्रभु

दक्र्यो पानी मुसलधारे, खोला बढे, हाय ! बाढीले गर्यो बितण्डा
सुत्केरी नवशिशु बोकी दौडिन्, बृद्धको गुहारलाई सुन प्रभु

एउटै घर

सबै रुन्छन् देख्छु मकन मन पोल्यो घरिघरि ।
सबै बोक्छन् भारी जगत भरको लोभ पगरी ।।
कसैले बोल्दैनन् जगत सब मित्रै जन भनी ।
म उस्तै ऊ उस्तै सकल जनको स्वास नभनी ।।

सबै खेल्छन् कुस्ती तर यी धरणी रक्त लिँदिनन् ।
उनी यौटै सन्तान् जगत जनमा भेद दिँदिनन् ।।
तिमी मेरै सन्तान् नगर झगडा आपस महाँ ।
उनी भन्छिन् सारा जगत सब यौटै घर यहाँ ।।

मन्दिर धाउन थाल्या छौ रे

आजकल सुन्छु बिहान तिमी मन्दिर धाउन थाल्या छौ रे
मैले हिँड्ने बाटो कुरी थोरै च्याउन थाल्या छौ रे

गर्छ्यौ अरे मात्र कुरा पिरतीका साथीसँग
मन भुलाउने गीत खोजी गुनगुनाउन थाल्या छौ रे