Skip to content

जुत्तामाला दिन्छ कली


पुष्प माला दिनेलाई जुत्तामाला दिन्छ कली
आशीर्वाद अर्तीलाई उल्ट्याएर लिन्छ कली

रण्डीबाजी, जुवा, तास, मद्यपान मोज हो रे
कप्टी पाखण्डीलाई सम्मान दिँदै हिन्छ कली

युधिष्ठीर, हरिश्चन्द्र, शिवी शत्रु रे उसका
पाए त्यो सकुनी दुर्योधनलाई किन्छ कली

उपकार, सद्व्यवहार अपच हुने हाय !
शोषक, भ्रष्ट्रलाई उच्च दरमा गिन्छ कली

साधु, योगी ती निम्जा ढाँट्ने महापण्डित बने
पैसा लुट्दै धर्म बेच्ने मान्छेलाई चिन्छ कली

रमेश भट्टराई ‘सहृदयी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *