रमेश भट्टराई सहृदयी
भोको इज्जत
भोको पेट बिहान गोरु जसरी जोत्जोत् भनी भन्दछौ
बाँझो खेत म जोत्न सक्दिन भनी भोकै छु के गम्दछौ ।
को मर्यो किन हो भनेर दुनियाँ बुझ्दैन साँचो पनि
मान्छेको अवमूल्यनै किन भयो कामै त प्यारो छ नि ।। १ ।।
आहारा घरको जुटेन कसरी बाँच्ने म सोच्ने गर
अन्नै छैन भनी म माग्न कसरी जाऊँ त कस्को घर
भन्नेले तँ ठूलो भनेर मुखले सम्मान गर्छन् तर
बाटामा बटुको लिएर कसरी बस्ने म भन्ने डर ।। २।।
कोरोना र दम्भ
लोभै हो मनको र दम्भ तनको बोकेर हिँड्छौ कति
आए ती र गए सबै जन यहाँ छोडेर त्यो सम्पति
आयो सङ्कट लौ भयङ्कर यहाँ बाँच्नै छ ठूलो कुरा
दाह्रा धस्न सिपालु राहत सबै चाल्छन् अनौठा छुरा । १ ।
सीमा पार गुहार गर्छ जनता आशा भरोसा गरी ।
माटाको ममता बुझेर उसले पोख्दै छ त्यो जीवनी
बस्छौ भित्र घरै र आँशु जनका के बुझ्न सक्छौ तिमी
आमाका बचरा बराबर भनी चिन्दैन अन्धो धनी । २ ।
शुद्धता र मातृभाषा रक्षा : भाषिक आन्दोलन २
नेपाली भाषामा असचेत भाषिक मिश्रण तथा मातृभाषाको दोहनसँगै नेपालले मौलिकता र पहिचानलाई माटामा मिलाउँदै छ । आज विकासोन्मुख अवस्थामा भएकाले कमाइतर्फ ध्यान हुनु स्वाभाविक हो तर इतिहासलाई हेर्दा सम्पन्न मुलुकले भौतिक सम्पन्नताबाट असन्तुष्ट भएपश्चात् मौलिकतातर्फ ध्यान दिन थाल्छन् तबसम्ममा ढिलो भइसक्छ । इतिहास मात्र भेट्न सकिएला । नेपालले त्यस्तो दुर्भाग्य भोग्नु नपरोस् । बेलैमा सचेत बन्नुपर्छ । समृद्धि, भौतिक सम्पन्नतातर्फ पाइला त चालिसकेको छ तर भाषाको रक्षाको विषय मामुली मानिदा लापर्वाही भइरहेको छ ।
दशैँ : एकता र सद्भावको पर्व
सभ्यताको एकता
“दशैँ आयो खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला, धत्त पापी छुट्टै बसौँला” बच्चाका तोते लवज गुञ्जिँदाको मजा बेग्लै लाग्छ । धर्तीको फोहोरलाई पखालेपछि आकाशले बादललाई बिदाइ गरिदिञ्छ । वनको हरियालीमा भमराले गीत गुनगुनाउन थाल्छन् । एकातिर प्रकृतिको उल्लास अर्कातिर वर्षौँका वेदना भुलेर रमाउने नेपाली मनको गन्तव्य । मीठो सम्मिश्रण छ, यसमा । चण्डी पाठ, रुद्री पाठ, जप, पूजामा मन्त्र ध्वनिको सुरम्य आवाज र रौनक छरपस्ट फिँजिञ्छ ।
डढेको संस्कार
झिल्काले घर नै डढेर यसरी आगो र हावाहुरी
ईर्ष्याले रिसमा जलेर त्यसरी चल्दैन माया लुटी
अर्काको घर भाँड भन्छ जसले के नीति धर्मै रहे
के ठान्छौ कति बाँच्छु लाग्छ मनमा यो श्वास निस्की गए ।
आमाबाबु भए सधैँ बसिदिने दासैसरी चाकरी
स्याहार्ने घरका भुरा र तिनले हेपून् अँझै बेसरी
छोराले किन सुन्छ वृद्ध बिलना बाँचेर के काम भो
यो धर्ती नभमा उमेर सकिए मान्छे त बेकाम त्यो
अस्तित्व रक्षा
टोकेरै घरको कवित्व मरि ‘गो आमा भइन् दुर्बल
भाषा भेष बने ढलेर घरमै बेछन्द ती निर्बल
ती भत्तैm कवि भानु आज सुनिए एकै दिन हो यहाँ
फालेरै सब धर्म, पर्व घरको बढ्डे मनाए जहाँ ।।
मासेरै अति गर्व संस्कृति यहाँ ढोङी र सोखी बने
आफ्नो के अब भो र गर्व गरुँ खै मासेर जोगी बने
भारो पर्म गरेर गाउँ समता के जात के भेद हो ?
पल्टन्छन् समयै छ प्रेम रसमा हेपिन्न संसार यो ।।
मृत्यु उत्सव
“छोरा तँ किन सधैँ निन्याउरो देखिन्छस् ?” रघुकी आमाले दिक्क मान्दै रघुलाई मनको वह पोख्नुभयो । रघुको चेहरामा शङ्का, आक्रोश र एकोहोर्याइँदो भावको दुखद् मिश्रण छ । घरको सिकुवामा गुन्द्रीमा बसेर अगाडिका बाख्राको पाठो नाचेको देखेर ऊ पनि नाच्न चाहन्छ । निकै बेरको मौनताका कारण रघुकी आमा आखिर छेउमै आएर बस्न विवश बनिन् । दुई हात टेकेर बसेको छ । उसका खुट्टा सिकुवादेखि तल झारेको छ । छोरोको मौनता, त्यसमा पनि अनुहारको अलिअलि आक्रोशले रेखा देखिन्छन् । रघुकी आमालाई ममताको एउटा मुटु प्रेमसागरमा हालेर पस्कने चाहनाले दौडाइरह्यो ।
नेपाली शुद्धीकरण र मातृभाषा रक्षा: भाषिक आन्दोलन १
अब नेपालमा भाषिक आन्दोलनको नवीन प्रवृत्तिको खाँचो महसुस भएको छ । तथाकथित सभ्य भनिएको समाज र शिक्षा आर्जन गरी भविष्यको सपना तुन्नेको खोक्रो रवाफ बोक्दा नेपाली भाषा र मातृभाषाको प्रयोग गर्न चाहँदैन । आवश्यकतै ठान्दैन । भाषा विद्रुप, कुरूप बन्दा, आधा मिश्रणलाई देख्दा नेपाली भाषा पढ्ने र पढाउने तथा सरोकार राख्नेको जिम्मेवारी भनिदिन्छन् । गोरखापत्रलाई एकछिन सम्झेजस्तो गर्छ, भाषा आयोगलाई आरोप लगाउँछ, प्रज्ञा प्रतिष्ठानको दायित्वमा पुर्याएर आफू पन्सिन्छ । अँझ भाषा आयोगतिर त चोर औँलो नै तेर्स्याउँछ ।
मातृभाषालाई अब कसले जोगाउँछ ?
‘मलाई मेरो भाषा जानेर के फाइदा ? मैले जागिर पाउँछु र ?’ एक जना घनिष्ट मित्रले कुरैकुरामा भन्नुभयो । मैले भनेँ अब तपाईँले बोल्ने भाषालाई मैले बोल्न कोसिस गरौँ भने मलाई वर्षौँ सिकेर पनि तपाईँको जति ज्ञान हुन सक्दैन । उहाँले आफ्नो भाषा जोगाउनुको अर्थलाई मात्र गाँस, बास र कपासको सन्दर्भमा लगेर जोड्नुभयो । उहाँ दोषी हुनुभयो भनौँ भने बाध्यतामा राष्ट्रियता र स्वाभिमान खोक्रो हुँदो रहेछ । मलाई याद छ, शिक्षित वर्गका एक जना मित्रले भन्नुभएको थियो, “आमाबाबाले बोर्डिङ पढाउनुभयो । घरमा आफूहरू मात्र गुरुङ भाषामा बोल्नुहुन्छ । मसँग बोल्दा नेपालीमा कुरा गर्नुहुन्छ । स्कुलमा अङ्ग्रेजी पढियो । त्यहाँ नेपाली बोले बापत फाइन तिरियो ।
मझदारमा मगन्ता
भगवान् विष्णुलाई सोधेँ ईश्वर मेरो जीवनको मूल्य के हो ? कति स्तरसम्ममा म मान्छे बन्छु । उनले हाँसेर उत्तर दिए बाबु तिमी अहिले बच्चै छौ । तिम्रो जीवनको मूल्य तिमीले सोचेभन्दा कैयौँ गुणा धेरै छ । म अलमल्ल परेँ । उनी अन्तर्धान हुन हतारिँदै थिए, मैले पाउ समातेर भनेँ प्रभु म दुनियामा किन नाजायज भइरहन्छु । उनले एक मीठो मुस्कानमा भने बाबु तिमीले ज्ञानको कुरा बुझिसकेका छैनौ । मैले फेरि सोध्न खोज्दै थिएँ उनी त अलप । सारा जिन्दगी अलप । के ईश्वर पनि दोधारे परीक्षामा मलाई उत्तीर्ण भएको हेर्न चाहन्छ । मैले आफ्ना प्रश्नहरू मेरा अघि पाउलिएर लहलह भएका कुटमिराका बुट्यानलाई सोधेँ, छेउका सीमालीलाई सबै मेरो खिल्ली उडाइरहेका थिए । म अलमल्ल पर्दै छेउको धारालाई कलकल पानी कहाँ गयो भन्दै गर्दा ती पनि अलप भए । वरपिपलले आफ्ना कुरूप शरीरमा वासना नभएको गन्थन गर्दै थिए । म मगन्ता माग्ने टोकरीमा सर्वश्व खोज्दै भीडमा बढारिएँ ।
सेतो कोट
मेरी छोरी सेतो कोट देख्दा डराउँछिन्। मलाई पनि तर्साउने जस्तो लाग्छ। हो, उही रूपमा बगेको छ खोलो। ढ्याङ्ग्रो बजाएर जोखाना राख्ने सोच अन्धविश्वास हो कि टाउको दुख्दा पेट दुखेको औषधी टक्र्याएर फेरि निको नभई दुई दिनपछि आउनु होला भन्ने मन्त्र रूपी डाक्टरसाबको वचनमा विश्वास गर्ने ? रकेट बनायो, प्लेन उडायो, गाडी गुडायो, मेसिन चलायो, आविष्कार गर्यो। भौतिक उन्नति भयो नि हजुर। अनि पृथ्वी घुम्छ भन्या छन्, विश्वास त गर्नैपर्यो। तर्क बोकेर प्रमाण हो भने पनि म लाचार छु। यहाँ कैयौँ बालकलाई सारा वैज्ञानिकका नाम रट्दै हैरान।
