बृखमान साख
“तिमी संग मेरो गुनासो”
“तिमी संग मेरो गुनासो”
के हो प्रिये आजकाल त बोल्दा पनि बोल्दिनौ किन
कि मैले बिर्सेँ कि भन प्रिये तिम्लाई केही दिन
कि मैले जानिनकी मायालु तिम्लाई माया दिन
भन मात्र प्रिये तिमी, आजै जन्ती लिइ आउँछु लिन
मायां त मैले दिएकै हो जानिनौ कि तिम्ले लिन
माया गर्छु भन्थेउ तिम्ले अचेल मायां मारेउ किन
प्रिये मलाई त मन लाग्छ तिम्लाई भेट्न दिन दिन
मुटुभरिको माया दिएकै छु तिमी हुन्छेउ पर पर किन
हेलो हाई भन्थेउ दिन दिनै आजभोलि त बोल्दिनौ किन
बिर्सिन्न भन्थेउ तिम्ले मलाई तर यती छिट्टै भुलेउ किन
मैले चोखो माया गरेकै छु तिम्लाई उमेर हेर्छेउ किन
“मेरो पीडा”
“मेरो पीडा”
तिमिले रोजेउ मलाई छोडी अरु नै कोइ पराई
खुसि हुनु छैन मलाई तिम्रो मन रुवाई रुवाई
खुशी भई गयौ तिमी हामी बीचको नाता टुटाएर
मेरो मनलाई रुवाई रुवाई पराई संग साईत जुराएर
एक्लै छोडि मलाई तिमि गयौ म त भएँ पराई
पराइले रङ्गाइदियो सिउँदो तिम्रो, मुटु मेरो जलाई
तिम्रो त्यो खाली सिउँदोमा मैले सिन्दुर भर्न पाइन
तिमीले पायौ खोज्या जस्तो मैले त तिमीलाई पाइन
बदलियो तिम्रो मन कसरी,अनयासै मैले त थाहै पाइन
साँचो माया लाएकै थिएँ, झुठो माया कहिलेई लाइन
तिमी गयौ मलाई छोडी सधैंको लागि भयौ पराई
पिरतिको बसाई सारी गयौ तिमी मुटु मेरो जलाई
“जस्लाई म भन्ने गर्थेँ”
“जस्लाई म भन्ने गर्थेँ”
जस्लाई हाँसि राख भनेर सधैं म भन्ने गर्थे
उसैले नै आज मलाई रुवाई गई
जस्लाई सधैं खुशी र सुखी भएको म देख्न चाहन्थे
उसैले नै आज मलाई दु:खी बनाएर गई
जस्लाई सधैं भरि सुख दु:खमा साथ दिन्छु भनेको थिएँ
उसैले नै आज मलाई लात मारेर गई
जान त गई गई तर मेरो मुटु नै लिएर गई
मेरो जिन्दगी भरिको सबै हाँसो र खुशी नै लिएर गई
मेरो जिन्दगी भरिको सबै हाँसो र खुशी नै लिएर गई
“FACEBOOK FRIEND”
“FACEBOOK FRIEND”
Chat नै नगर्ने भए त Friend बनाउनुको केनै भयो र अर्थ
सधैँ रिसाएर मात्र बस्ने भए नाता लगाएको भएन र ब्यर्थ
STATUS मा LIKE नै नगर्ने भए Friend बनाउनुको के अर्थ
ठुस्केर मात्र नवस नत्र FRIENDSHIP गरेको नै हुन्छ व्यर्थ
COMMENT पनि गर्ने बानी बसाल त्यसले राख्छ ठुलो अर्थ
Chat,Like र Comment नगर्ने भए Friend बनाएको भएन र व्यर्थ
तेसैले आउ Facebook बाटै हातेमालो गरी Friendship को राखौँ अर्थ
Negative मात्र दिमागमा राखेर Frinndship लाई नसोच अनर्थ
“तिमी नै त हुन्छेउ”
“तिमी नै त हुन्छेउ”
आँखा बन्द गरे पनि तिमी नै त हुन्छेउ
सपनिमा परे पनि तिमी नै त हुन्छेउ
ओरालिमा भाका हाल्दै अनि बाँसुरी
बजाउंदै झरे पनि तिमी नै त हुन्छेउ
एतै तिमी उतै तिमी जता ततै तिमी नै हुन्छेउ
नढँटी भन्नु पर्दा मेरो मुटु भरि नै तिमी नै त हुन्छेउ
कसम प्रिय मेरो मुटु भरि नै तिमी हुन्छेउ
मेरो मुटु भरि अरु होइन तिमी नै तिमी हुन्छेउ
तिमी नै तिमी हुन्छेउ तिमी नै तिमी हुन्छेउ
कसम प्रिय मेरो मुटु भरि नै तिमी हुन्छेउ
“फुल राम्रो गुलाफको”
“फुल राम्रो गुलाफको”
फुल राम्रो गुलाफ को काँडै काँडा भएपनि
तिम्रो याद आउँछ मलाई तिमी टाढा भए पनि
मायाँ तिम्रो लाग्छ मलाई तिमी रिसाई दिएपनि
तिम्रो याद आउँछ मलाई तिमी टाढा भएपनि
हाँसी राख सधैं तिमी मनमा जस्तै पिर भएपनि
तिम्रो याद आउँछ मलाई तिमी टाढा भए पनि
मायाँ तिम्रो लाग्छ मलाई तिम्ले भुली गएपनि
सम्झना छ तिम्रो मलाई जती दिन बर्ष बिते पनि
मैले वीरसन सकिन तिम्लाई तिम्ले बिर्सि गए पन
याद आउँछ सधैं मलाई तिम्ले छाडी गए पनि
फुल राम्रो गुलाफ को काँडै काँडा भएपनि
तिम्रो याद आउँछ मलाई तिमी टाढा भए पनि
“आँखा मेरा थाकी सके”
“आँखा मेरा थाकी सके”
आँखा मेरा थाकी सके तिमी ONLINE मा
आउँछेउकी भनि हेर्दा हेर्दा
एउटा कापिका पन्ना सबै सकिसके
तिमीलाई सम्झना स्वरुप लेख्दा लेख्दा
दिन बिते रात बिते तिम्रो बाटो हेर्दा हेर्दै
एउटा डाएरी सकिसक्यो तिम्रो नाम केर्दा केर्दै
यि औंला मेरा खिइसके तिम्रो STATUS मा
धेरै पटक like हान्दा हान्दा
धेरै समय बित्यो दिन घण्टा मिनेट अनि
तिम्रो लागि पल पल समय गन्दा गन्दा
भो अब धेरै नकुराउ PLEASE ONLINE मा आउ
मिठा मिठा माया पिरतीका कुरा गरौ अनि तिमी जाउ
आँखा मेरा थाकी सके तिमी ONLINE मा
आउँछेउकी भनि हेर्दा हेर्दा
