जस्लाई सुनाउनु पर्ने हो
उस्ले नसुने झैँ गरेपछि
जस्लाई देखाउनु पर्ने हो
उस्ले नदेखे झैँ गरेपछि
जस्ले बुझिदिनु पर्ने थियो
उस्ले नबुझे झैँ गरेपछि
जस्ले हेरिदिनु पर्ने थियो
उस्ले नदेखे झैँ गरेपछि
जस्लाई मैले चाहेको थिएँ
उस्ले मलाई नचाहेपछि
जस्लाई विश्वास गरेको थें
उसैले नै धोका दिएपछि
जस्लाई सर्वस्व ठानेको थें
उनी नै पराई भएपछि
जस्लाई मुटु नै सुम्पेको थें
उस्ले नै मुटु चिथोरेपछि
जस्ले मायाँ गर्नु पर्ने थियो
उस्ले नै माया नगरेपछि
समुद्रको गहिराइमा डुबेर के गर्नु
हिरा मोती नै नपाएपछि
