सपनीमा पनि सधैं तिमी मेरो साथमै हुन्छ्यौ
एकैछिन देखिनौ मलाई भने तिमी रोइदिन्छ्यौ
तिमी सपनीमा मात्रै रुन्छ्यौ म त बिपनीमै रुन्छु
मनको पीर बेथाहरू सबै आँशुले नै धुन्छु
किन हो आजभोलि तिमीसँग बोलुँ बोलुँ लाग्छ
जे परे नि तिमीसँग मनको कुरा खोलुँ खोलुँ लाग्छ
किन किन आजभोलि तिमी आफ्नै जस्तै लाग्छ
मलाई मात्र यस्तो हो को तिमीलाई पनि भा’छ
जालहारिले जालै बुन्यो गाँठो बेसरी कसेछ है
थाहै नपाई तिमीसँग एकोहोरो मायाँ बसेछ है
थाहै नपाई तिमीसँग एकोहोरो मायाँ बसेछ है
