“जान लाग्यौ तिमी ”
जान लाग्यौ तिमी तिम्रो र मेरो बीचको नाता टुटाएर
जाने भयौ तिमी मलाई रुवाई पराई संग साईत जुराएर
जान लाग्यौ तिमी सधैंको लागि मलाई भुलाएर
म त सधैं सधैं बस्छु तिम्रो तस्वीर हेरी टोलाएर
कहिले काहीं माइत आउँदा जानु है मलाई बोलाएर
जान लाग्यौ तिमी सधैं सधैंको लागि मलाई रुवाएर
