“आँखा मेरा थाकी सके”
आँखा मेरा थाकी सके तिमी ONLINE मा
आउँछेउकी भनि हेर्दा हेर्दा
एउटा कापिका पन्ना सबै सकिसके
तिमीलाई सम्झना स्वरुप लेख्दा लेख्दा
दिन बिते रात बिते तिम्रो बाटो हेर्दा हेर्दै
एउटा डाएरी सकिसक्यो तिम्रो नाम केर्दा केर्दै
यि औंला मेरा खिइसके तिम्रो STATUS मा
धेरै पटक like हान्दा हान्दा
धेरै समय बित्यो दिन घण्टा मिनेट अनि
तिम्रो लागि पल पल समय गन्दा गन्दा
भो अब धेरै नकुराउ PLEASE ONLINE मा आउ
मिठा मिठा माया पिरतीका कुरा गरौ अनि तिमी जाउ
आँखा मेरा थाकी सके तिमी ONLINE मा
आउँछेउकी भनि हेर्दा हेर्दा
