“मेरो पीडा”
तिमिले रोजेउ मलाई छोडी अरु नै कोइ पराई
खुसि हुनु छैन मलाई तिम्रो मन रुवाई रुवाई
खुशी भई गयौ तिमी हामी बीचको नाता टुटाएर
मेरो मनलाई रुवाई रुवाई पराई संग साईत जुराएर
एक्लै छोडि मलाई तिमि गयौ म त भएँ पराई
पराइले रङ्गाइदियो सिउँदो तिम्रो, मुटु मेरो जलाई
तिम्रो त्यो खाली सिउँदोमा मैले सिन्दुर भर्न पाइन
तिमीले पायौ खोज्या जस्तो मैले त तिमीलाई पाइन
बदलियो तिम्रो मन कसरी,अनयासै मैले त थाहै पाइन
साँचो माया लाएकै थिएँ, झुठो माया कहिलेई लाइन
तिमी गयौ मलाई छोडी सधैंको लागि भयौ पराई
पिरतिको बसाई सारी गयौ तिमी मुटु मेरो जलाई
तिमिले रोजेउ मलाई छोडी अरु नै कोइ पराई
खुसि हुनु छैन मलाई तिम्रो मन रुवाई रुवाई
