यो मेरो भौतिक शरीर रचना, मिल्काई दिऊँ कतै
आडम्वरी यो मायाबाट छुटन, जीवन सेलाऊँ त्यतै
कसैको चित्त बुझाउन नसके, धर्ती बोझ के गर्नु
सभ्य समाजमा हुर्कन नपाए, त्याँ के संघर्ष गर्नु ?
न्यायको भिख माग्ने हस्पिटलमा सत्नु पर्ने,
कोही आँसु पिई जीवन गुजार्नुपर्ने,
कैद पाएका व्यक्ति उन्मुक्ति हुने
अपराधिक मान्छेहरू संसद हुनु पर्ने
यही हो मैले बुझेको गणतन्त्र,
अहिले झै लाग्छ ।
उनका छोरा खाडीमा ।
बुहारी अर्कैको गाडीमा ।
बुढीआमाको रोदन बेदना ।
सरकारले हेर्छु भन्थ्यो
पहिलाको नयाँ वर्षमा
फेरि नयाँ वर्ष आएछ
खै के नयाँ वर्षको शुभकामना दिनु