म राति निदाएको छैन


हो माइला बा म राति कहिल्यै निदाएको छैन

भूकम्पको कम्पनको त्रासमा छु, हल्लिरहेको छ देश
राजनीतिको त्रासै त्रासमा भाछु, बिक्री गर्लान् कि देश
हो माइला बा म राति कहिल्यै निदाएको छैन

कराइरहेछन् ६०१ स्यालहरू, कोलाहलमा छ देश
हुँडार सिकार गर्न तयारी छन्, एक्लै खानलाई देश
हो माइला बा म राति कहिल्यै निदाएको छैन

देश जातिलाई कित्ता काट गर्ने रे, टुक्रा पारी बेच्न देश
सीमानामा गोविन्द मरिरहेका छन्, बचाउनको लागि देश
हो माइला बा म राति कहिल्यै निदाएको छैन

कोठा भाडामा लिएर बसेको छु, जेट प्लेन उड्छ माथि
पाइलट तस्करी रैछन् यहाँ, जहाज बस्छ कि छतमाथि
हो माइला बा म राति कहिल्यै निदाएको छैन

(झ्याउरे लयमा)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *