Skip to content

म यस्तो महान देशमा छु


अमेरिका पनि देश नै हो नेपाल पनि देश नै हो
अमेरिका तिनीहरुको देश हो, नेपाल मेरो देश हो

तिनीहरुको देशमा पुलिसले बलत्कारी समाउँछ
मेरो देशमा बलत्कारीले पुलिस समाउँछ

तिनीहरुको देशमा डाक्टरले मान्छे बचाउने गर्छ
मेरो देशमा मान्छेले डाक्टर बचाउने गर्छ

तिनीहरुको देशमा भष्ट नेताहरू जेल जान्छन्
मेरो देशमा जेल भ्रष्ट नेताहरुकोमा जान्छन

तिनीहरुको देशमा न्यायाधीसले ज्यानमारा समाउने आदेश दिन्छ
मेरो देशमा न्यायाधीसले वक्लिललाई ज्यानमार्ने धम्की दिन्छ

तिनीहरुको देशमा एम्वुलेन्सले विरामी बोक्ने काम गर्छ
मेरो देशमा एम्वुलेन्सले रक्त चन्दन बोक्ने काम गर्छ

तिनीहरुको देशमा नेताले देशको अस्तित्व जोगाएको छ
मेरो देशमा अस्तित्वले देशका नेताहरू जोगाएको छ

तिनीहरुको देशमा धनी मान्छेहरुले गरिब जोगाएको छ
मेरो देशमा गरिब मान्छेहरुले धनी मान्छे जोगाएको छ

तिनीहरुको देशमा मान्छेले खाद्य पदार्थलाई खान्छन
मेरो देशमा खाद्य पदार्थले मान्छे खान्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *