न्यायको भिख माग्ने हस्पिटलमा सत्नु पर्ने,
कोही आँसु पिई जीवन गुजार्नुपर्ने,
कैद पाएका व्यक्ति उन्मुक्ति हुने
अपराधिक मान्छेहरू संसद हुनु पर्ने
यही हो मैले बुझेको गणतन्त्र,
भूमाफियाहरू चम्काउने
सुन तस्करहरू मौलाउने
उधोग धन्दाहरू मासिने
व्यवहारिक ज्ञानहरू छासिने
लम्पसारबादहरू वढोत्तरी हुने
नातावाद कृपावाद हल्किने
यही हो मैले बुझेको गणतन्त्र,
जातीयताको माहोल बढाउने
क्षेत्रीयताको नारा लगाउने
युवाशक्ति विदेश धपाउने
बुद्धिजीवी आँखा चिम्लिने
पैसामा सत्यताले घुम्टो ओड्ने
घुसखोरी फस्टाउने
यही हो मैले बुझेको गणतन्त्र,
गरिबले बोले किचडिएको हुने
धनीले बोले बार्ता समन्य हने
गाउँकी चेली नाचे छिल्लिएकी हुने
शहरकी चेली नाचे नृत्य हुने
हिजो चप्पल लागउनेहरू
आज तीनै चप्पल लाउनेलाई गिल्ला गर्ने
घन सम्पत्तिको घमण्ड गर्ने
सुनका सोखिन हुने
मन्त्रीका श्रीमती धनी हुने
मन्त्री गरिबका गरिबै
छोरा छोरी विदेश पठाउने
नारा भने सरकारीमा पढाउने
यही हो मैले बुझेको गणतन्त्र,
युद्धका घाईहरू बैशाखी टेक्दै छन्
उनीहरू जीवनको भिख माग्दै छन्
सिप मुलक तालिम खोज्दै छन्
बच्चाको पढाइ सोच्दै छन्
त्यही युद्धका नाइकेहरू महलमा छन्
चिल्ला गाडीमा हुइँकिएका छन्
युद्धका सारथीहरू बाटोमा वसी
गाडीको धुलोले तर्साउने सरी भएका छन्
यही हो मैले बुझेको गणतन्त्र,
एक महिला बोक्सीको आरोपमा
गाउँले प्रमुखको अतिथिमा
मरणासन्न हुने गरी कुटिन्छे
दाइजोको निहुमा जलाइन्छे,
बुढो मरेमा ऊ बोक्सि हुन्छे
अलच्छिनी हुन्छे, वेश्या हुन्छे
नकचरी हुन्छे,
यही हो मैले बुझेको गणतन्त्र ।
