तपाइँको हासो ज्यान मरा रैछ अलि ख्याल गर्नु
बैशमा अाँखा लगाउने धेरै हुन्छन् अलि ख्याल गर्नु
तपाइँको हासो देखेर कति मानिस पागल भइसके
मेरै साथी पनि कन्ट्रोलमा छैन अलि ख्याल गर्नु
तिम्रो रुपको अगाडि अरु फिक्का लाग्छ
मलाई तिम्रो रुप नै सुनको सिक्का लाग्छ
छोडेर जान्छु भनेर कहिल्यै नभन है प्रिय
तेस्तो बेकार कुरा सुन्दा मलाई दिक्का लाग्छ
तिम्रो रुपको अगाडि अरु फिक्का लाग्छ
मलाई तिम्रो रुप नै सुनको सिक्का लाग्छ
छोडेर जान्छु भनेर कहिल्यै नभन है प्रिय
तेस्तो बेकार कुरा सुन्दा मलाई दिक्का लाग्छ
अतीतका ती यादहरु सम्झी रून्छु अचेल
तिम्लाई नदेख्दा तिम्रौ फोटो छुन्छु अचेल
तिमि त अर्कै सँग खुसी भइ बेचिरहेकी
छौ म चाहि हरेक पल उदास हुन्छु अचेल
अाशिष चौधरी
कपिलवस्तु
सबै साथी स्कुल जादा मैले भाँडा धोएको छु
खेल्ने कुद्ने त्यो उमेरमा सधैभरि रोएको छु
आमाको मृत्यु पछि बा’ले अर्की आमा ल्याए
पिटाइ खाँदा सानिमाको कति खुट्टा छोएको छु