१)
तिमी आयौ र साथीहरू बिर्सिएँ
तिनीहरू नै मेरो विपरित दिशामा तेर्सिएँ
कारण तिमी नै हो जे भनेपनि
त्यसैले आजकाल मैले तिम्लाई बिर्सिएँ
२)
आकाश बनायो अनि त्यसैमा बादल बनायो
देखावटी मायाले आज धेरैलाई पागल बनायो
सोच्दछु पक्कै पीडावान मान्छे होला है त्यो
जसले आँसु पुछिदिने कुसुमे रूमाल बनायो
३)
तिमी नै मेरो सबथोक हो भन्थ्यौ
नम्बर एकमा सधैं मलाई नै गन्थ्यौ
आजकल के भयो माया तिमीलाई
हिजो म्यासेज गर्दा बोल्न गाह्रो भयो भन्थ्यौ
अाशिष चौधरी
कपिलवस्तु
