मेरो मायाभन्दा तिम्रो माया ठुलो भए
म तौली दिन्थेँ माया जोख्ने तुलो भए
मरी जाउँला झुट बोल्या छैन कान्छी
तिमी प्रति मेरो यो माया खुकुलो भए
सर्वप्रथम त उनको र मेरो जात मिल्दैन
केही मिले नि उनको र मेरो भात मिल्दैन
अरू धेरै कुरा छन् नमिल्ने यदि ती मध्ये
कुनै मिले नि उनको र मेरो खात मिल्दैन
तिमीलाई पनि मेरो याद आउछ होला
मेरो कम उस्को नै बढी आउछ होला
तिमी र ऊ एकदमै मिल्ने भएकाले
सम्झिने बितिकै आगडी आउछ होला
औंशीको रातलाई झिलमिल बनाउँछ
ऊ आएर साँझलाई मेहफिल बनाउँछ
प्रेम शक्तिशाली छ भन्ने उदाहरण हो
त्यो नाथे पत्थरलाई त दिल बनाउँछ

मुक्तकहरु भनेर मुक्तक एक
मुक्तकहरु भनेर मुक्तक एक मुक्तक दुइ मुकतक तीन यसरी राख्नु पर्ने थियाे मित्र । यहाँ ता साथ साथै देखिन्छन् । एक लामाे कविताकै रुपमा पाे मैले ता पढें । जेहोस् प्रयास स्तुत्य छ । धन्यवाद ।