सबै साथी स्कुल जादा मैले भाँडा धोएको छु
खेल्ने कुद्ने त्यो उमेरमा सधैभरि रोएको छु
आमाको मृत्यु पछि बा’ले अर्की आमा ल्याए
पिटाइ खाँदा सानिमाको कति खुट्टा छोएको छु
बाबाआमाको जिम्मेवारी बुझेको हुनु पर्छ
डिस्को होइन घाम पानीमा रुझेको हुनु पर्छ
मसँगै जिन्दगी बिताउने केटीले त हजुर
बाबा आमालाई ईश्वर मानी पुजेको हुनु पर्छ
मलाई आफ्नो दिलको राजा बनाउँछु भन्थी
एकछिन सँगसँगै बसे खाजा बनाउँछु भन्थी
अचानक कता हराई कुन्नि, भेटिन्न आजकल
हाम्रो मायाको मजबुत नाता बनाउँछु भन्थी
