Skip to content

कृष्ण के.सी.

देख्ने भए यो देह सक्काइ दिन्थे सानु

बच्चा भए ललि पपमा,फकाई दिन्थे सानु
तारा झार्ने गफ सुनाइ,थकाइ दिन्थे सानु

नबुझेरै पण्डित बनी,वेद पढ्दै हिड्यौ
सक्ने भए मन्को जेलमा,जकाइ दिन्थे सानु

आफ्नै ठाने हृदयमा सजाई-सजाई राखे
पराई भए शब्द जालमा,छक्काइ दिन्थे सानु

अबुझ भन्ने जान्दा जान्दै,विश्वास गरे मैले
चाहेको भए दर्शन शास्त्र,घोकाइ दिन्थे सानु

न थुक्नु न चाट्नु भयो,यो जिन्दगीको खेल
तिम्ले देख्ने भए यो देह, सक्काइ दिन्थे सानु

प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ

गीत खोस्यौ स्वर खोस्यौ,धुन चोरी लग्यौ
प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ

गीत बिनाको धुन बज्ने, भयो जिन्दगानी
हिरा जडित हाम्रो मनको, सुन चोरी लग्यौ

विश्वास घातको छुरा रोप्ने, कस्तो कला तिम्रो
बैगुनीको बिल्ला भिराइ, गुन चोरी लग्यौ

खल्लो जीवन बाँच्ने आधार,कस्ले दियो कुन्नि
स्वाद दिने यो जिन्दगीको, नून चोरी लग्यौ

बिना रापको ताप दिने, को होला त्यो जोडी
लाज पचाएर यो मनको, ऊन चोरी लग्यौ

दङ्ग पर्न बाँकी थियो

प्रीत थियो गाढा तर रंग भर्न बाँकी थियो
जोड्दा मुटु खुसी थियौ दङ्ग पर्न बाँकी थियो

ढुक्ढुक् गर्दै चल्दै थियो जोडिएको हाम्रो मुटु
रक्त संचार हुदै गर्दा उमङ्ग लिन बाँकी थियो

दैव लाग्यो कतैबाट थाहा छैन के नियतिले
झट्का दिई एका-एक झसङ्ग पारिदियो

खै कसरी बाँच्ने होला फेरि मुटु छुटाएर
आफ्नै रुपको ऐना हेर्दै छ्याङ्ग हुन बाँकी थियो

ए नियति किन ठग्छौ लाज मानी भागि देउन
कसम थियो अतितमा सँगै मर्न बाँकी रह्यो l

तिम्रै आँचल ओढाइदिनु

हृदयमा माया भए पुष्प गुच्छा चढाइदिनु
आफन्तले रोक्न खोजे लास अघि बढाइदिनु

सँगै हुदा साथ पाए गुनासो केही छैन अब
खुच्चिङ्ग गर्ने धेरै होलान् लास छिटो जलाइदिनु

भग्नावशेष घरको थुप्रोमा लुकेका कथाहरू

भत्किएर भग्नावशेष भएको थुप्रोमाथि ठिङ्ग उभिएर मेरी सानी छोरीले मलाई सोधी -” बाबा अब हामी कहा बस्ने ?”
पसिनाले लुथ्रुक्क भिजेको पुरानो मजेत्रोले मुख पुछ्दै गरेकी जहानको मुखमा हेरेर मैले सानी छोरीको जवाफ खोजे l छोरीले एकनासले त्यही प्रश्न दोहोराइरहेकी थिई l आँखाबाट बलिन्द्र धारा आँशु चुहाउदै जहानले आफ्ना आँखा नजानिँदो पाराले मेरो आँखामा जुधाएर छोरीको त्यही प्रश्नको उत्तर माग मसँगै गरेको अनुभूतिले मलाई बेस्सरी चिमाट्यो l म नाजवाफ भएर मुन्टो निहुराएरआफ्नै मनसँग भित्रभित्र रोइरहे l

मिल्छ भने राहत देउ

रुन पनि सङ्गी पाइन ए! झरी मलाई साथ देऊ
दिन देख्यो कि डर लाग्छ ए!जुन मलाई रात देऊ

आत्मीय मन मरिसके उजाड छ यहा मरभूमि
बेहोसिमै ढल्ने मन छ ए!देश पिउने मात देऊ

पाउने भए सानो ठाउँ जाने मन छ अर्कै लोक
पापी सगर निल्न खोज्छे ए! परि मलाई हात देऊ

हाम्रा राम्रा होलान भन्दै रगतसँग नाम बेचे
नामले मात्र पुगेन रे मिल्छ भने सानो जात देऊ

भूकम्पले हल्लाइरह्यो पराकम्पन भन्छन विज्ञ
धरहरा झैँ ढल्यो जीवन मिल्छ भने राहत देउ

यो सपनीको रात थियो

छामछुम गरे सिरानीमा आँशु मात्र हात लाग्यो
सोधपुछ गरे छिमेकीमा उल्टै मलाई बात लाग्यो

मुटु फुट्दा सानो टुक्रा चुडिएर गएको थियो
रोक्दै थिए चिच्चाएर हास्दै ऊसको साथ लाग्यो

सुन्नेहरू सुनिरहे रोदनका आवाजहरू
खुच्चिङ्ग गर्दै हेर्ने भीडको झिस्मिसेमा तात लाग्यो

देख्दा कतै घाउ छैन

आँखाबाट झर्ने आँशु,बग्ने कतै ठाउ छैन
जम्छ आँशु ताल बन्दै,तर्ने कुनै नाउ छैन

राखे सधै मन मन्दिरमा,आफ्नै द्यौता ठानी
एक्लै बस्छु भन्यौ आज,राखौ कतै गाउँ छैन

पूजा गरे पुजारी भै,थाप्दै तिम्रा आशिष्हरू
जल दिदै फूल चढाए,पुजारिकै भाउ छैन

मेरो घर खालि हुन्छ,आऊ यतै बास बस
बिन्ती गर्छु हात जोडी,सत्य कुनै दाउ छैन

चोट थियो हृदयमा, छाम्यो कि त दुखी हाल्ने
पीडा दिन्थ्यो दिन रात,देख्दा कतै घाउ छैन

बिधवा

हिजो जस्तै लाग्छ म उसको आड भरोसा र विश्वासमा उसको पछिपछि उसका पाइलाहरूका डोबहरूमा आफ्ना डोब मिलाउदै यो घर भित्र हुलिएकि थिए । यौवनताका सबै खुसीहरू उसको अंगालोमा नतमस्तक भएर सुम्पिएकि थिए । जुनबेला उसको भर्भराउदो जवानीको रापले तातिएर उम्लिएको थियो । आज त्यही मान्छे मलाई देखाएका सपनाहरू; मलाई बाडेका आश्वासनहरू अनि मलाई दिएका भरोसाहरूलाई बिर्सिएर चिसाम्मै भएर पल्टिएको छ । उसले नाबिर्सोस मेरा भरोसालाई आगामी भेटसम्म र साचेर मैलाई बुझावस भनेर आँशुसँगै पठाएका मेरा विश्वासका कोसेलीहरू पनि नफर्काइ निर्जीव भएर काठको बाकसमा लम्पसार परेर आएको छ ।

नछो भन्दै हाम्रो माया, चुक्ने कोशिस गर्दै थियो

आँट गर्दा पीडा पनि, लुक्ने कोशिस गर्दै थियो
शेष थियो छातीभित्र, दुख्ने कोशिस गर्दै थियो

छाती मिच्दै बिछ्यौनामा, घोप्टो परि रुदै थिए
दया गर्दै काल पनि, झुक्ने कोशिस गर्दै थियो

दाग लाग्ला खरानीको

हिजो ढले आज ढल्छु, भोलि पनि ढल्नु छ
ताली बजाए सक्दासम्म, कति गोडा मल्नु र !

मान्नु पनि हद हुन्छ, कति हुन्छ मात्रै भनु
अस्थिपन्जर थाकिसके, बाँकी अब गल्नु छ

सुकिसके नशा नदी, चाउरिसके त्वाचाहरू,
मर्नु जिउदै मरिसके, बाँकी अब जल्नु छ

असुरक्षित छोरीहरु प्रति समर्पित

छोरीहरू,
अपरिचित बाबाको धेरै धेरै सम्झना l
घरै भित्र पालिएका मानवरुपी दानबहरूबाट तिमीहरूमा भएको एसिड आक्रमणको खबरले मर्महात भएको छु l तिमी प्रतिको अन्यायले सिंगो देश रोएको बेला मेरा आदर्शका शब्दले मलम पट्टिको काम गर्ने छ भनेर मैले किमार्थ सोचेको छैन l पुरुष भएर जन्मिएको पश्चातापले आफूलाई जलाइरहदा शब्दहरूको घोडा चढेर राहतको अनुभूति लिने मात्र प्रयास गरेको हु अन्यथा सोची दिने छैनौ l

नाघ्दै हिड्छु बारहरु

खिया लाग्दा टुट्छ भन्छन,संगीत दिने तारहरू
जित्दा खुशी लाग्दो हो भन्छन,सधै हार्ने हारहरू l

जित के हो जित्ने कसलाई,जित्ने अस्त्र कहाँ होला
हारनै जित हो आफै संग,हार भन्छन यारहरू l

थाम बरु यी हातहरु

नआऊ न अब जिन्दगीमा, घुम्टो ओढ्ने रातहरू,
छ म छ म नाचुन शुर तालमा, दोहोरी खेल्ने बातहरू

मुर्दा बनी अतितहरू, शम्सान घाट्को बाटो रोजुन,
बन्दी बनून झ्यालखानामा, बिझाई दुख्ने घातहरू

KrishnaKC-Krantiveer

अन्त्यहीन मुक्ति यात्रा

मनमा उब्जिरहने एकाग्रतालाई भङ्ग गर्न खोज्दा पनि नसकिदो रहेछ । जिन्दगीका हिडाईहरूमा गरिएका अनेकन गल्तीहरू थेग्रिएर मनको कुनै कुनामा गाठो परेर सदाका लागि बसेपछिपश्चातापले एकाग्रता निम्ताउदो रहेछ । जीवनका बाँकी समयहरू बिगत बिर्सेर सजिलै बिताउभन्दा पनि दोहोरीएर मनमा बसेको त्यही गाठोलाई निरन्तर घोचिरहदा रहेछन । एकाङ्गीपना हुदा अँझ बढी बिगत बल्झिदो रहेछ । सायद त्यसैले होला आफू नाजिकैबाट कोही आउदा जादासम्म पनि आजकल आफूलाई कुनै पत्तो हुदैन । कानै छेउमा आएर सरलाले फुस्फुसाइन-

सम्बन्ध

“आज आमा अलि छिटो आए त हुने नि !”
शरीर दुखेकोले होला आज आमालाई अलि धेरै सम्झिएकि छु । घन्टौ अघि देखि धुम्म परेको आकाशको छाटकाट देख्दा लाग्छ आज राति ठुलै पानी पर्ला जस्तो छ । हत्तपत्त खाना पकाएर पर्खिए आमालाई तर आज पनि आमा आउनु भएन । किन होला आजभोलि धेरै दिन देखि आमा ढिलो हुदै जानु भएको छ । नखाई सुतौ भने आमा रिसाउनुहुन्छ । खाउँ आज पटक्कै खाने मन छैन । चिसोले हो कि कमजोरीले हो आज बिहानै देखि लगातार शरीर दुखेर हैरान पारिरहेको छ ।