रुन पनि सङ्गी पाइन ए! झरी मलाई साथ देऊ
दिन देख्यो कि डर लाग्छ ए!जुन मलाई रात देऊ
आत्मीय मन मरिसके उजाड छ यहा मरभूमि
बेहोसिमै ढल्ने मन छ ए!देश पिउने मात देऊ
पाउने भए सानो ठाउँ जाने मन छ अर्कै लोक
पापी सगर निल्न खोज्छे ए! परि मलाई हात देऊ
हाम्रा राम्रा होलान भन्दै रगतसँग नाम बेचे
नामले मात्र पुगेन रे मिल्छ भने सानो जात देऊ
भूकम्पले हल्लाइरह्यो पराकम्पन भन्छन विज्ञ
धरहरा झैँ ढल्यो जीवन मिल्छ भने राहत देउ
