भनी दौडी रहे
(गजल)
सबैको मन मा खुशी दिन्छु भनी
दौडि रहे २
निस्वार्थ माया लिन्छु भनी
दौडि रहे २
भनेको जस्तो जीवनमा कहाँ
हुदो रैछ र २
हजारौं को भिड्मा चिन्छु भनी
दौडि रहे २
अनुहार हेरि नहुदो रैछ भाग्य
मा कोर्न पर्ने २
नसाको तालमा पिन्छु भनी
दौडि रहे २
कहाँ होलिन मनको पुजा
गर्ने काली २
मिलनका दिन गिन्छु भनी
दौडि रहे २
भेट्नै पर्छ भन्न पनि
कहाँ सकिन्छ २
धेरै देखे कालीहरु बिन्छु भनी
दौडि रहे २
दिपक घर्ती मगर
( दाङ )
