Skip to content


मनको कुरा छर्लङ्ग पार्नु
बाकी छ २
तिम्रो माया मेरो पास सार्नु
बाकी छ २

पहिले तिमी लजाउदै हिड्ने
गर्‍यो २
दैव को आँखाबाट बार्नु
बाकी छ २

तिमीबाट ताढिएर बाँच्नु
गाह्रो छ २
सिउदोमा सिदुर भरि तार्नु
बाकी छ २

कति मिठो बोली तिम्रो गुन्जियो
मेरो कानमा २
दुवै मिलि गन्तव्यमा झार्नु
बाँकी छ २

हाम्रो माया घाँम छाँया हुने होकि
डर लाग्छ २
बाल्यकालका पीडा सम्झि छार्नु
बाँकी छ २

कस्तो होला भविष्य कल्पना
गरी बस्छु अचेल २
दुई मुटु साचि राखि खार्नु
बाँकी छ २

नाम:-दिपक घर्ति मगर
ठेगाना:-रामपुर दाङ
हाल:-इन्डिया दिल्ली

Leave a Reply

Your email address will not be published. Required fields are marked *