Skip to content

बाबुराम पन्थी गुल्मेली

अश्लील छ

मन्दीरमा कुँदीएको आकृती अश्लील छ
फिल्म अश्लील पत्रीका पाना अश्लील छ
शहरका चोक चोकमा पोष्टर अश्लील छ
अश्लील छ जमाना मान्छे अश्लील छ

कतै म मरेर तिमीलाई छाडी गएँ भने

कतै म मरेर तिमीलाई छाडी गएँ भने पनि
पिएर आँशु आफैलाई नदिनु यातना कत्ति

सिंउदोको सिंदुर तिम्रो मात्र मेरो उपहार
साँचेर राख्नु सिंदुरलाई कहिले पनि नपखाल

देशको मुहार फेरौ

चिया कपको गफमा जपेर मात्र देश विकाश हुँदैन अब
लगाउँ बुद्धि, विवेक, श्रम अनि देशको मुहार फेरिन्छ तब

स्याउ, सुन्तला, लिची, केरा किवी के फल्दैन यो नेपाली माटोमा
परिश्रम गरौँ पसिना बगाऔँ मातृभूमि मैं विदेश जाने साटोमा

BaburamPanthi

मेरो देश

सानै देखिए पनि मानचित्रमा, अहो प्रकृतिको छ यो धनी
गर्वले फुल्दछ यो छाती मेरो नेपाली हुँ म भनी

पूर्वमा बग्दछ मेची नदी कलकल, पश्चिम महाकाली
उत्तरमा गगनचुम्बी हिमशैल, दक्षिण उर्वर भूमि

पृथ्वी, जंग, महेन्द्र, बिपी हुदै प्रचन्डसम्म आउँदा पनि
गरेनन् भलो कसैले मातृभूमि को यहाँ अवसर पाउँदा पनि