Skip to content

बाबुराम पन्थी गुल्मेली

नगर्नु भ्रुण हत्या

नगर्नु कोही बाबु आमा
त्यो भ्रुण हत्या छोरीको
चुँडाई जीवन छोरीको
नबोक्नु भारी पापको

नसोंच छोरा बलवान
छोरी चैं कमजोर मानेर
पासाड्ले देखाकी छन्
त्यो सगरमाथामा चढेर

फूल बगैंचाको

शीतपछि बिहानीमा फक्रिन्छ फूल बगैचाको
माली मलजल गरी फुलाउँछ फूल बगैचाको

प्रकृतिको सुन्दरता किन चुँडी फूल बगैंचाको
मूर्तिलाई चढाँउछ मान्छे किन फूल बगैंचाको

विश्वासघात

बाआमाको एक्लो छोरा अमित निकै खाइलाग्दो थियो पढाइमा अब्बल अमितले आई कम पास गर्नासाथ लोकसेवा पास गरी नायव सुब्बाको नोकरी हात पारेको थियो । उसले नोकरी सुरू गरेपछि बिहे गर्ने सोंच बनायो ।

त्यो दिन अमितको बिहे पन्चेबाजा घन्काएर गर्दा उसका बाआमाहरू कम्ता खुशी थिएनन् । बिहेपछि घरजम गरेर खान सक्ने खालको क्या गजबकी श्रीमती भेट्याएछ खाइलाग्दो सुन्दर अनि मिहेनेती केटी भनी गाउँको पधेरा, मेलापात गाउँकी नयाँ बेहुलीको चर्चै चर्चा हुन्थ्यो गाउँमा ।

रगतको नातामा क्यान्सर

रगतको नातामा क्यान्सर लागेर
घायल छ आज मेरो कोमल मुटु
रगतको नातामा …………

अजम्बरी भन्छन् नाता रगतको
मेरो चैं आज किन भो फगतको
संम्बन्ध कहाँ बाध्यो र रगतले
तरल छ आफै जान्दछ जगतले

जिन्दगी बेचियो

जिन्दगी बेचियो विदेशमै बाध्य कमाउनु धन थियो
चाहना पुग्दो रहेछ र काँहाँ बस्न त घरमै मन थियो

उनीसँगै चखेवा जोडी झैं रमेरै पो बस्ने मन थियो
माया गर्ने उनीभन्दा पनि याँहा धन नै ठूलो भैदियो

झुटो इतिहाँस लेखाइएको छ

इतिहास गलत हुँदैन भन्थे
तर म आज जे देख्दै छु
सब गलत लेखिएको देख्दै छु
राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई
कथित हत्यारा लेखाइँदै छ
नेपाल एकीकरणमा उनको दोष देखाइँदै छ
दासढुँङ्गा हत्यालाई
दुर्घटना लेखाइएको छ

परोपकार

परिकल्पनामा बनाएको मूर्तिलाई भगवान ठान्छ मान्छे
निर्जीव मूर्तिलाई मिष्ठान्नको भोजन चढाई खुशी हुन्छ मान्छे

कू कर्मको प्रयश्चितको चाहनामा पशुबली भन्दै जनावर मारी
नखोज भन्छु तिमीलाई स्वर्ग पुग्ने बाटो यी गलत काम गरी

वे प्रवाह मोहब्बत

दूर क्षितिज माथिको बादल
त्योभन्दा पनि माईलौं टाढा
एक्लै बस्ने
तिम्रो परदेशी साँच्चै
तिमीलाई वे प्रवाह मोहब्बत गर्छ
जसरी हिमाल पहाड समतल हुँदै
वे प्रवाह प्यारको इजहार गर्दै
समुद्र भेट्न
आतुर नदीहरू जस्तै !

तिम्रो हाम्रो जिम्मा हो

परिवर्तनसँगै जलवायु गर्मी झन् झन् बढ्दै गयो
नेपाल आमाको सेतो कपाल झन् झन् झर्दै गयो

छाती छिया छिया मातृभूमिको बाढी पैरोमा परी
भासिदै पैतालाहरू मातृभूमिको बैरी एम्बुस परी

संघीयतामा एकता

हजारौ सपुत वलि चढे संघीयता ल्याउनलाई
पिल्सिएका जनतालाई अधिकार दिनलाई

विखण्डन होइन संघीयता बुझौ विकेन्द्रीकरण
स्वर्णिम यो मातृभूमिमा सुगन्ध थपिने छ झन्

बुझ्नु जरुरी छ हामीले सौन्दर्य संघियताको
हुने छ सहज पहुँच अनि सुगमता भूगोलको

गए राति सपनीमा

स्वर्गबाट आएकी परी जस्तै सुन्दर थियौ
आलंगारिक पहिरनमा तिमी
आँखा बन्द नगरी हेरिरहें
निस्फिक्री प्रेमी बनेर ।

तिम्रो आवाजमा कालु शब्द गुन्जियो
मेरो कानमा तातो श्वाससँगै
र त्यो निरन्तर गुन्जिरह्यो
मिठो गीत बनेर ।

देश विकाश गरी देखाइदेऊ

छाडेर भाषण गर्नलाई गरेर काम देखाई देऊ ।
गरे के हुँदैन र देश विकाश गरी देखाई देउ।।
गरेर कुरा शान्तिका रोप्दछौ बिउ द्वेशको ।
नबुझ्ने पीडा जनताको हुन्छ नेता कसरी त्यो ।।

कुटिल तिम्रो चालले झुक्दै छ शान देशको ।
पछाडि जाल नबुन अँगाडी भन जे छ त्यो ।।
लगाउनु पर्ने विकासमा पसिना त्यो जनताको ।
आपसमा बाँडी सिध्यायौ धुकुटी यो राष्ट्रको ।।

झण्डा नओढाउनु

म मरेपछि
मेरो लाशलाई राष्ट्रिय झन्डा
वा राजनैतिक दलको झण्डा नओढाउनु !

म नेपाल आमाको सन्तान हो ।
मेरो लाश ढाक्न कात्रो भए पुग्छ ।

साइँला मामा

एउटा सानो एकनले खरले छाएर बनाएको गाइगोठ को एउटा कुना । जसमा बस्ने भागलाई बाँस चिरेर बनाएको भाटा ठोकी बारिएको र त्यै माथि गोबर माटोले लेप लगाएर बनाएको साँहीला मामाको जीवनका सुनौला सपना बुन्ने महल । एक श्रीमती र एक छोराको सानो परिवार दु:खी परिवार । त्यै घर माथि छिमेकीको जग्गामा पर्ने ठूला ठूला रूखहरू । रिप्यानले गर्दा खरको छाना छिट्टै कुहिने हुनाले प्रत्यक वर्ष कटेरो छाउनै पर्ने बाध्यता । अगाडि पट्टी बलेनीसँगै अग्लो काल्नो । वर्षा याममा लेऊ पलाएर हरीयै र चिप्लै हुने चिप्लियो भने काल्नो मुनी । पल्लो पट्टी एक हल मत्त बलिया गोरू र एउटा भैंसी । यिनै गोरूसँगै बुनेका उनका सुनौला सपनाहरू । अँझ भनौ न गोरूलाई उनले हलो भिराएर जोत्छन् वा हलो भिरेर गोरूले उनलाई जोत्छन् ?

म जन्मेको ठाउँ

कमै हुन्छ याँहा वर्णन जति गरे पनि सुन्दर रेसुङ्गाको
काखैमा खेलेर हाँस्दै रमेको छ जाँहा तम्घास बजार त्यो

स्वर्गभन्दा पनि सुन्दर लाग्छ यो म जन्मेको ठाउँ
एउटा सानो सुन्दर शान्त बस्ती तम्घास यसको नाउँ

चाहेर पनि त

चाहेर पनि त आफ्नै अस्तु चढाउन तिमीलाई सक्दिन म
सायद त्यही कारणले तिम्रो दिलमा अटाउन सक्दिन म

राख्न खोजेर पनि तिम्रो मन काँहा पो राख्न सक्छु र म
पापी,बैमनस्य मन विच निस्वार्थ मन काँहा भेट्न सक्छु र म ?

फर्किन्छु गाउँ फेरि

गाउँ घर उजाड भएछ कठै सबै शहर पसेपछि
घर छाना भित्ता घाँस पलाएछ छाडेर हिंडेपछि
गाई गोठ कडकुरो थर्कु याँहा सबै ढलिसकेछन्
घरको खाँबा डाँडा भाटाहरू सबै गलिसकेछन्

बौद्धिक क्रान्ति गरौ

युद्धको क्रान्तिलाई नजिकैबाट देखेको छु
क्रान्तिमा हजारौ मानव बलीचढेको सुनेको छु
बलि चढेको मात्र होइन चढाएको बुझेको छु
हो त्यसैले युद्धको क्रान्ति शब्द देखी डराउछु

स्मृतिमा टेकबहादुर

गाउँबाट अलि टाढा गहते चौरको पूर्वपट्टिको काँडाघारी सरकारी जग्गालाई टेकबहादुरका भाइ मनबहादुरले हडपेर आफ्नो बनाएका रहेछन् । घाँसको नाममा मुसेघरी मात्र र केही टिमुरका झाङ् अनि केही राजु र म्यालका रूखहरू अनि पुस माघमा शीत कहिले ओबानो नहुने ठाउँको बीचबाट एउटा गोरेटो गाउँ जंगल गर्ने बाटो थियो । त्यही बाटो माथि टेकबहादुरको घर । गाउँमा सबैले बौलाहा टेके भन्थे, मैले भने कहिले उनको पागलपना देखिन ।

एक्लो भएछ मान्छे

मान्छे मान्छेको भीडमा पनि एक्लो
भएछ मान्छे आजकल यो शहरमा

आफ्नै आफन्त भेट्दा पनि चिन्दैनन्
पैसो पछि लाग्ने मान्छेहरू यो शहरमा