बाबुराम पन्थी गुल्मेली
विश्वासघात
बाआमाको एक्लो छोरा अमित निकै खाइलाग्दो थियो पढाइमा अब्बल अमितले आई कम पास गर्नासाथ लोकसेवा पास गरी नायव सुब्बाको नोकरी हात पारेको थियो । उसले नोकरी सुरू गरेपछि बिहे गर्ने सोंच बनायो ।
त्यो दिन अमितको बिहे पन्चेबाजा घन्काएर गर्दा उसका बाआमाहरू कम्ता खुशी थिएनन् । बिहेपछि घरजम गरेर खान सक्ने खालको क्या गजबकी श्रीमती भेट्याएछ खाइलाग्दो सुन्दर अनि मिहेनेती केटी भनी गाउँको पधेरा, मेलापात गाउँकी नयाँ बेहुलीको चर्चै चर्चा हुन्थ्यो गाउँमा ।
देश विकाश गरी देखाइदेऊ
छाडेर भाषण गर्नलाई गरेर काम देखाई देऊ ।
गरे के हुँदैन र देश विकाश गरी देखाई देउ।।
गरेर कुरा शान्तिका रोप्दछौ बिउ द्वेशको ।
नबुझ्ने पीडा जनताको हुन्छ नेता कसरी त्यो ।।
कुटिल तिम्रो चालले झुक्दै छ शान देशको ।
पछाडि जाल नबुन अँगाडी भन जे छ त्यो ।।
लगाउनु पर्ने विकासमा पसिना त्यो जनताको ।
आपसमा बाँडी सिध्यायौ धुकुटी यो राष्ट्रको ।।
साइँला मामा
एउटा सानो एकनले खरले छाएर बनाएको गाइगोठ को एउटा कुना । जसमा बस्ने भागलाई बाँस चिरेर बनाएको भाटा ठोकी बारिएको र त्यै माथि गोबर माटोले लेप लगाएर बनाएको साँहीला मामाको जीवनका सुनौला सपना बुन्ने महल । एक श्रीमती र एक छोराको सानो परिवार दु:खी परिवार । त्यै घर माथि छिमेकीको जग्गामा पर्ने ठूला ठूला रूखहरू । रिप्यानले गर्दा खरको छाना छिट्टै कुहिने हुनाले प्रत्यक वर्ष कटेरो छाउनै पर्ने बाध्यता । अगाडि पट्टी बलेनीसँगै अग्लो काल्नो । वर्षा याममा लेऊ पलाएर हरीयै र चिप्लै हुने चिप्लियो भने काल्नो मुनी । पल्लो पट्टी एक हल मत्त बलिया गोरू र एउटा भैंसी । यिनै गोरूसँगै बुनेका उनका सुनौला सपनाहरू । अँझ भनौ न गोरूलाई उनले हलो भिराएर जोत्छन् वा हलो भिरेर गोरूले उनलाई जोत्छन् ?
स्मृतिमा टेकबहादुर
गाउँबाट अलि टाढा गहते चौरको पूर्वपट्टिको काँडाघारी सरकारी जग्गालाई टेकबहादुरका भाइ मनबहादुरले हडपेर आफ्नो बनाएका रहेछन् । घाँसको नाममा मुसेघरी मात्र र केही टिमुरका झाङ् अनि केही राजु र म्यालका रूखहरू अनि पुस माघमा शीत कहिले ओबानो नहुने ठाउँको बीचबाट एउटा गोरेटो गाउँ जंगल गर्ने बाटो थियो । त्यही बाटो माथि टेकबहादुरको घर । गाउँमा सबैले बौलाहा टेके भन्थे, मैले भने कहिले उनको पागलपना देखिन ।
- « Previous
- 1
- 2
- 3
- Next »
