Skip to content

देश वेच्ने जन्मेपछि

देश वेच्ने जन्मेपछि मेची दुख्छ काली दुख्छ,
नेताको त्यो भाषणमा हात दुख्छ ताली दुख्छ ।

सुन्दर यो फूलबारी सबै जात सबै भाषा धर्मको,
फूलपात चुँडेपछि फूलको रित्तो डाली दुख्छ ।

रेमिट्यान्स हैन अब रोजगारी बढाउनु पर्छ,
अरवमा मालिकको जुँगे बुर्के गाली दुख्छ ।

नेपालमा खाना खान अर्को घरमा सोध्नुपर्दा,
छिमेकीको आदेशले दुवै कानको जाली दुख्छ ।

सप्तकोशी चर्किदिँदा मुटु अझ चर्किदिन्छ,
दशगजा मिचिइँदा गोर्खेको ‘गोर्खाली’ दुख्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *