हिजोसम्म त्यस्तो थियो आजबाट त्यस्तै त हुँदैन,
एकत्रित मन गरेपछि अस्त व्यस्तै त हुँदैन ।
धुम्मिएको बादल उघ्रिन्छ दुखेको मन सुधृन्छ,
मौसम हो फेरिएर जान्छ हिजो जस्तै त हुँदैन ।
सुन बेचिएर कौडीमा नून किनिएछ तोलामा,
डलरको भाउ बढे सुन चाहिं सस्तै त हुँदैन ।
भ्रष्टै हुने खुशीको पेगमा दुखको चुस्की थपेसी,
अवसरको सेवक सधैं मद मस्तै त हुँदैन ।
बोल्ने बानी फरक हुन्छ, भन्ने तरिका बेग्लै हुन्छ,
डुङ्गा ढुङ्गा, फूल फुल, मुल मूल उस्तै त हुँदैन ।
