Skip to content


रमाउने किन सबै रमाउने पिएपछि,
समाएर लिने हो कि समाउने पिएपछि ।

हराएका होसहरू एकएक फर्के मेरा,
भएको पो रैछ क्यारे हराउने पिएपछि ।

कमाएका अलि जाला ज्यान भए फेरि आ’ला
मित्रमाथि महामीत्र कमाउने पिएपछि ।

जिन्दगी नै उधारो छ बाँकी सबै बिर्से हुन्छ,
गोजी रित्ते मुटु झिकी थमाउने पिएपछि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *