Skip to content

उठेर नि हिड्नु नै छ

उठेर नि हिड्नु नै छ लडेको मान्छे,
उही लड्छ जो छ अघि बढेको मान्छे ।

खोई केको कमी हुँदा हिड्ने बाटोमा,
भूईँ झर्छ धेरै माथि चढेको मान्छे,

सोचेजस्तो खोजेजस्तो हुँदैन केही,
कसो गरी हुनु हिरा जडेको मान्छे ।

बीस पल्ट फेरी चढ्ने कमिला जस्तै
आफ्नै आँट अडानमा अडेको मान्छे ।

अनुभव ठूलो मान्ने हाम्रो चलन,
काम लाग्छ परेको र पढेको मान्छे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *