Skip to content

राज भण्डारी विवश

चिच्चाएका सब्दले


चिच्चाएका सब्दले संसार झुकाउथियो भने,
सायद बिस्व उसैले चलाउथियो होला ।
कराएका स्वारले जहां लाइ नचाउथियो भने,
सायद जगत उसैले भुलाउथियो होला ।

सुकाएका घाटिले देश हल्लाउथियो भने,
सायद वतन उसैले सम्हाल्थियो होला।
झुक्कायेका वाचाले स्वदेश मौलाउथियो भने,
सायद देशलाइ उसैले कुम्लाउथियो होला ।

के बिराएँ मैले,


कसैको यादमा सलबलाएँ त के बिराएँ मैले,
उसैको साथमा चलबलाएँ त के बिराएँ मैले

वचन दिएँ, मुटु साटें, माया लगाएँ, उसैसँग,
सपनीमा उनीसङ ढलबलाएँ त के बिराएँ मैले

हे सरकार


तिनी अर्धनाक र चित्कार बीच
मौन किन छ यो बेदर्द सिपसलाहकार
चिन्तक अनि संघर्ष बीच
किन समबेदना लुकाएको छ यो सरकार

मातृभूमि मा लुप्त सैन्खिक को मोहरामा
किन आज बहु शैन्खिक को भावना लाइ
कुल्चिदै, मिच्दै, थिच्दै
पल्लो घर को इस्सारा मा नाच्दै छ यो सरकार

उनै संग को साथ् पाउन मन लाग्यो


चह चह कराउदै ऊडने चराचुरुंगी संग मितेरी लाउन मन लाग्यो
माया प्रेम मा जीवन संगेनी संग दिल को कुरा बाउन मन लाग्यो

कुहु कुहु गर्दै गाउदै हिड्ने कोयली सरह यो मन मस्तिष्क लाइ
उनै संग सपनीमा हराउदै संसार विचरण गर्दै धाउन मन लाग्यो

हे मनुवा


हे मनुवा तिमी चाहेर त हेर आकाश तिमी चाल्ने छौ
तिमी हौशला देखाएर त हेर चन्द्रमा तिमी छाल्ने छौ

कोसिस तिमी गरेर त हेर कदम तिम्रो आफै बढ्ने छ
त्यही बढेको हरेक डगमा तिमी धर्ती पुरा काल्ने छौ

फूलको सुगन्ध काडामा भै दिने भए

फूलको सुगन्ध काडामा भै दिने भए
जिन्दगी किन बल्झिन्थ्यो र ?

कसमको डोर धागामा बाधिने भए
जिन्दगी किन अल्झिन्थ्यो र ?

कहाली लाग्दो सपना को त्यो कहर


कहाली लाग्दो सपना को त्यो कहर,
अनि मित्रले दिएको त्यो जहर,
स्मरणसँगै भैदिन्छ त्यो ठहर

चिरिन्छ मुटु कोरिन्छ यो छाती,
चित्कार अनि भावना को बेगमा

तिमी बिनाको जिवनमा


तिमी बिनाको जिवनमा पाउनु के नै रहेछ र ?
सपनाको संसार मा आउनु के नै रहेछ र ?

उजाड र थकित यो गन्तव्य को यात्रा मा,
तिमी संगको साथ लाई धाउनु के नै रहेछ र ?

RajBhandariBibash

कसैको यादमा

कसैको यादमा सलबलाएँ त के बिराएँ मैले,
उसैको साथमा चलबलाएँ त के बिराएँ मैले

वचन दिएँ, मुटु साटें, माया लगाएँ, उसैसँग,
सपनीमा उनीसङ ढलबलाएँ त के बिराएँ मैले