
तिनी अर्धनाक र चित्कार बीच
मौन किन छ यो बेदर्द सिपसलाहकार
चिन्तक अनि संघर्ष बीच
किन समबेदना लुकाएको छ यो सरकार
मातृभूमि मा लुप्त सैन्खिक को मोहरामा
किन आज बहु शैन्खिक को भावना लाइ
कुल्चिदै, मिच्दै, थिच्दै
पल्लो घर को इस्सारा मा नाच्दै छ यो सरकार
बिवस ति इसारा हरू अनि भावना
काकाहुल ति आवाज हरू
उठेका ति हात अनि ताकेका ति मुड्की हरू लाइ
अन्धो भै देश बिखनडन गर्ने इ तोप्ले हरू
खबरदारी को साथ् सचेतना हो यो हाम्रो
जुम्राउन न परोस, बलिदान को भुमि मा
रगत चडाईन्छ, सुली मा चडिन्छ
तर सौदा मन्जुर छैन, अगाडी बडीन्छ
कसम पशुपति नाथ को
तिम्रा ति हात खुट्टा आमा लाइ चडाइन्छ
होसियार अनि खबरदारी को साथ्
हे भ्रस्ट दहि चिउरे हरू
समहाला आफुलाई अनि देश लाइ
बडाउ ति डग हरूलाई
देशको अस्मिता अनि सुरक्षा लाइ
कदर अनि माग अनुसार बढाउ हात
दिन तयार छौ हामि तिम्रो साथ्
हैन भने तयार हौ लिन हाम्रो काध।
राज भण्डारी (विवश)
दुबई, युएई
