
कहाली लाग्दो सपना को त्यो कहर,
अनि मित्रले दिएको त्यो जहर,
स्मरणसँगै भैदिन्छ त्यो ठहर
चिरिन्छ मुटु कोरिन्छ यो छाती,
चित्कार अनि भावना को बेगमा
सपना देखिन्छ सुन्दर त्यो शहर,
अनि छेउबाट बगेको त्यो नहर
समयसँगै बितेको त्यो प्रहर
साथी,मित्रताहरू को त्यो लहर,
अनि बितेको हाम्रो त्यो क्षण को रहर
कहाली लाग्दो सपना को त्यो कहर,
अनि मित्रले दिएको त्यो जहर
राज भण्डारी (विवश)
दुबई, युएई
