Skip to content

कसैको यादमा

RajBhandariBibash


कसैको यादमा सलबलाएँ त के बिराएँ मैले,
उसैको साथमा चलबलाएँ त के बिराएँ मैले

वचन दिएँ, मुटु साटें, माया लगाएँ, उसैसँग,
सपनीमा उनीसङ ढलबलाएँ त के बिराएँ मैले

बाझो खेतको एकान्तमा भेट हुदा उनी सङ,
माया प्रेममा तिनीसँग बलबलाएँ त के बिराएँ मैले

उनी आज आँखा तरी तरी हेर्छिन मलाई,
तिनीको सोचमा खलबलाएँ त के बिराएँ मैले

जीवनको यात्रामा सँगै मरौला बाचौला भनी कसम दिंदा,
उनी सङको साथ पाउन कलकलाएँ त के बिराएँ मैले

राज भण्डारी (विवश)
दुबई – युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *