हे मनुवा तिमी चाहेर त हेर आकाश तिमी चाल्ने छौ
तिमी हौशला देखाएर त हेर चन्द्रमा तिमी छाल्ने छौ
कोसिस तिमी गरेर त हेर कदम तिम्रो आफै बढ्ने छ
त्यही बढेको हरेक डगमा तिमी धर्ती पुरा काल्ने छौ
सपना नदेखि हुदैन पुरा त्यसैले सोच बदला तिमी
दिशा तिम्रो आफै देशान्मुख हुदै यात्रा तिमी थाल्ने छौ
कहर बनी तिम्रो दिल को कुनामा समाई बसेको त्यो डर
एक दिन नाच्दै तिमी झुम्दै मस्तिष्कबाट फाल्ने छौ
कसम यो तिमीलाई सकारात्मक सोचाइ राख्ने गर
जीवन तिम्रो बहार बनी जिन्दगीमा भयलाई गाल्ने छौ
राज भण्डारी (विवश)
दुबई, युएई