Skip to content

राज भण्डारी विवश

जब जब आफुलाई हेर्ने कोशिस गरे


एथार्थ को धराताल मा जब जब आफुलाई हेर्ने कोशिस गरे
संसारका व्यक्तित्व हरूलाई तब तब केर्ने कोशिस गरे

मानिसै मानिसको यो भिडमा जीवनहरूलाई नियाल्दा
तिनीहरूलाई बिस्तारमा मस्तिष्कबाट खार्ने कोशिस गरे

दिन के सक्छु तिमीलाई उपहार


बल्केको घाउ, चर्केको मुटु , दिन के सक्छु तिमीलाई उपहार
छल्केको आशु,, सुन्न आखा, दिन के सक्छु तिमीलाई बहार

खुसि दिने चाह मा उडाइ लगेउ सपना सबै एकै रातमा
भल्केको तन, सन्न बदन . दिन के सक्छु तिमीलाई हार

नयाँ वर्षको नौलो उमंग

नयाँ वर्षको नौलो उमंगसँगै सुनौलो कामना गरौं
आराजकतालाई बिस्तारतासँग नौलो सामना गरौं

निस्पट्ट अन्धकारमा पनि दियालोको सानो लोहले
प्रकाश छर्न पर्याप्त हुन्छ त्यसको रमाइलो चाहना गरौं

वर्षको अन्तिम चटारो लिएर आएको छु


यो वर्षको अन्तिम चटारो लिएर आएको छु
सबैलाई सम्झिदै मनको पटारो लिएर आएको छु

कसरि बित्यो वर्षभरिको यो सेरोफेरो
हिसाब किताब गर्दै अन्तिम कटारो लिएर आएको छु

जनता वाक्क दिक्क भए


जनता वाक्क दिक्क भए नेताको पाटा हेरेर
हामि हरू लाइ भुलाउन खनेका बाटा हेरेर

कस्ता बदनसिब रहेछन नेपालि नागरिकहरू
दिनको दिन रमिता देखाउदै हिडेको छाटा हेरेर

यथार्थ मा लुकेको यो संसार देख्दा


यथार्थ मा लुकेको यो संसार देख्दा
वाक्क दिक्क भुकेको संसार देख्दा

दाजुभाइ दिदिबहिनी को हसिलो मन
दुबई को खडेरी मा त्यसै सुकेको देख्दा

नेफ्टा को अवार्ड मा नाचेको युएई


नेफ्टा को अवार्ड मा नाचेको युएई
त्यसैको पर्खाइ मा हासेको युएई

महिना दिन हुँदै अब केही घन्टाको
कुराइ मा मिरलिक्क मन साचेको युएई

रोयो यो मन


बांदारे हरूको तितो खेल ले रोयो यो मन
तुच्छ जनावर हरूको मेल ले खोयो यो मन

दिनहु सुन्छु केही त होला बदलाव देशको भनेर
त्यही खबर प्राया जसो दोहरिदा तोयो यो मन

कोसिस हेर्ने तिमिलाइ गर्दा

कोसिस हेर्ने तिमीलाई गर्दा, आफूलाई हेरे मैले
माया साट्ने रहर गर्न चाहदा, आफूलाई केरे मैले

एक्कासि बाटोको चौराहामा तिमी ठोक्किदा
मनमा तरङ्को झटका लाग्दा स्वयलाई घेरे मैले

माया लाउदा भन्नै पर्दो रहेछ येहा


माया लाउदा भन्नै पर्दो रहेछ येहा
देखाउदै सबैलाइ गन्नै पर्दो रहेछ येहा

ढिकिछिपी ढिकिछिपी गर्दै मायालुलाइ
मनको बिसतार सन्छेपमा खन्नै पर्दो रहेछ येहा

माया चिज पनि अनौठो को रहेछ

माया चिज पनि अनौठो को रहेछ

जसलाइ देख्यो, प्रीती प्रीती गासी रहेछ
येसैको मोहजाल मा खित्का छाडी हासी रहेछ
पारिवारिक सम्बन्ध लाई पाखा पारी नाची रहेछ

येहा कोहि छैन


गर्न खोज्छु भन्दै अगाडि बड्न खोज्दा येहा मान्ने कोहि छैन
साथी भाइ हरू ले पनि येसले गर्छ भन्दै येहा छान्ने कोहि छैन

आफन्त, नाता, कुटुम्ब पनि त्यस्तै रहेछन यो स्वार्थी सन्सारमा
जानीकन पनि अगाडि पुग्ला भन्दै आफ्नो येहा ठान्ने कोहि छैन

नबिर्सिनु भयो


निशा को अन्धकारमा चटयांगको त्यों झापड नबिर्सिनु भयो
कुनै कुनै नेता ले बेला-बेला मा खाएका थापड नबिर्सिनु भयो

उठेका ति हाथ ठडिएका ति उङ्ली हरू गनु म कसरि
जनताको त्यों हुल ले खिलाएको त्यों चापड नबिर्सिनु भयो

सानू भनु म कसरी तिमिलाइ


बिदेसिनु को पिडा सानु, भनु म कसरि तिमिलाइ
बिचित्र यो सन्सार को मर्म, सानु भनु म कसरि तिमिलाइ
रोएका ई आँशु, सुन्नेका इ आँखा, छलनी भयेको मुटु
देखाउ म कसरी सानू तिमिलाइ, बताउ कसरी सानू तिमिलाइ

यात्रा रहेछ यो जिबनको, न टुङिने यो पथ
विवश र लाचार इ मेरा नयन
खुशी को आशमा बिति रहेको यो मेरो पल
तिम्रै नाम मा दिन गन्दै काटी रहेको यो मेरो छण