Skip to content

राज भण्डारी विवश

गाउ, बेसी, बन, पाखाको यादले सतायो


गाउ, बेसी, बन, पाखाको यादले सतायो
छलछल बगी हिड्ने नदीनालाको यादले रुलायो

देशको माटोको सुगन्धले छाती मेरो
अथाह पिडा संगै झरझर जलायो

मिठा मिठा सब्द्जालका पाशा फ्याक्नेहरु


मिठा मिठा सब्द्जालका पाशा फ्याक्नेहरु
आफ्नै हौ तिमि त भन ठान्नेहरु

आखा चिम्लिदै गुलियो स्वादमा रम्ने रमाउने
तिमि बुद्दिजिबि वर्गका आफ्नै भन्नेहरु

अन्तर खोज्दै छु

सोच र मानसिकताको अन्तर खोज्दै छु
परिवर्तनको नाममा हुने मतान्तर खोज्दै छु

रम्ने रमाउने माहोलको उत्पतिसँगै
सिर्जित वातावरणको छाडातन्त्र खोज्दै छु

गजल मेरो भाव हैन मन को पोखाई हो

गजल मेरो भाव हैन मन को पोखाई हो यो
त्यसैमा हराउदै लेखने मेरो लेखाइ हो यो

सत्यतालाई बुझ्दै दर्साउने प्रयासमा
दुई शब्द सबैसामु कोर्ने मेरो बुझाइ हो यो

तछाड मछाड को किल्ला बाट बाहिर आउदै


हिजोको त्यो तछाड मछाड को किल्ला बाट बाहिर आउदै
उकुश मुकुशको वातावराणलाई नियालदै

राजनितिको रङमन्चमा देखियको अन्यौल्ता देखाउदै
भोलि हुन सक्ने बैशाखेे चुनावको धमिलियाउदो केलाउदै

तछाड मछाड का किल्ला हरुका पहरेदार हरु


तछाड मछाड का किल्ला हरुका पहरेदार हरु
बाध्यतामा अरुसङको नाच्दै बिल्ला भिरेका हवलदार हरु

बिवसता का भोगाइमा बाचेका अनि तन साचेका का को
दुर्भाग्यमा रम्ने र रमिता खेल्ने तिमी आफनदार हरु

अखण्ड नेपाल (भाग ३)


आमाको छाती चिर्दै
मुटु टुक्रा टुक्रा पार्दै
बिखण्डनको भाग बन्डा गर्दै
तराइ हिमाल मधेश चिरा पार्दै

अघि बड्दै गरेको देख्दा
ताल मा ताल दिदै तिम्रा सोच भेट्दा
अखण्ड नेपालको भबिष्य सोच्दा

मन लाग्यो

उदाशिनतासँग सम्झौता हुँदै रमाउन मन लाग्यो
भाग्यसँग सम्बन्ध तोड्दै फुरफुराउन मन लाग्यो

डाडा, काडा, वन, पाखा भन्ज्याङ् पार गर्दै
कहिलेकाहीं दिलको कुरा बरबराउन मन लाग्यो

एक रोजेको हुनु पर्यो – प्रेम दिवश ( भेलेण्टाइन ) मुक्तक


जीवनको रोजाईमा तिमीले चाहेको हुनु पर्यो ।
तिम्रो खोजाईमा तिमीले सोचेको हुनु पर्यो ।।
प्रेम दिवशको पर्खाइमा दिनरात एक गरेको,
सबैको देखाईमा त्यो एक रोजेको हुनु पर्यो ।।।।

प्रेम दिवशको सम्पुर्णलाइ शुभकामना ।
पशुपतीनाथ बाट कल्याणको कामना ।।

अखण्ड नेपाल भाग २


देश डुब्दै गरेको देख्दा
बिखण्डनमा तम्तयार देख्दा
नयन मेरा अँश्रुसँगै सरोबर हुदा
देशको माटो सम्झी मन यो रुँदा
नेताका पाटा र बाटा हेर्दा
तिनकै साथमा झुम्दै नाच्दै
तिनका कार्यकर्ता तालमा ताल दिदै

अखण्ड नेपाल

देशको माटो रहे पो हामी छौ
सगरमाथाको शिर रहे पो तिमी छौ
नेपाल आमा रहे पो तिमी हामी छौ

पुर्खाको वीरतामा गर्व गर्दै
छाती फुलाउदै
स्वतन्त्र देशको नारा घन्काउदै
फुर्किफुर्की झुम्दै घुम्दै

प्रकृती तिमीलाइ रुलाए


कर्केलोको पातमा रहेको सितको थोपला
तरलतामा बहेको जीवनरुपी यो चोला
कति बिचित्र र अनौठो लाग्छ येहा
प्रकृतीले सोचेको जीवनचक्र त्यहा

प्रकृती तिमि कति बलवान छौ
कति शक्तिसाली
तिमि संग टक्राउने
दम्भ लिएर उभिने
साहस र हिम्मत
जसले गर्छ
आफै चुरचुर पर्छ

सप्तरंगी फूल फुल्यो


सप्तरंगी फूल फुल्यो, डाडाकाडा महकाउँदै
कसैको मन खिल्यो आज, मन मुटु धडकाउँदै

फूलको महकसरी लाग्यो, त्यो चोखो माया
तिनको मन खुल्यो आज, आत्मा त्यो बहकाउँदै

एस्तो अजबको दुनियामा आइएछ


एस्तो अजबको दुनियामा आइएछ
कस्तो गजबको दुनियामा धाइएछ

कसैलाई लाखौको प्रवाह छैन मनमा
कुनैलाई जीवनभरिको छ सपना मनमा
कस्तो गजबको सहरमा पसिएछ
एस्तो अजबको बस्तीमा भैइएछ

कुरा उडाएको देखे फेसबुकमा


कुरा उडाएको देखे फेसबुकमा
डाहाले होला कुर्लाएको देखे फेसबुकमा

त्यहा पनि मपाइत्वको गन्ध आयो मलाइ
सद्बुद्धिको कमीमा फुर्केको देखे फेसबुकमा

यात्रा


नटुङ्गिने यात्राको गन्तव्यमा अनेकौ सोच र जिम्मेवारीको भारि बोकेको काँध, उकुश मुकुसको वातावरण अनि दिशाहीन यो बटुक, साथ् दिदै छन् मेरा सोचले, आत्माविश्वासले अनि २-४ जना सहयात्री हरूले पक्कै पनि एकदिन मन्जिल पाउने अठोट का साथ् डगहरू लमकदै छन्, एक अलौकिक संसारको विचरण गर्ने अभिलाषा र महत्वाकान्छा को सहयोगमा, सपना हरू साकार होलान वा नहोलान तर बिश्वास छ अवस्य एकदिन पुरा हुनेछ ।

राजनीति को यो रंगमंचको यात्रामा थुप्रै पात्रहरूको भिडमा आफुलाई प्रतिष्ठापित् गर्ने होड र दौडको दयनिय वातावरण्मा देशको सिमाना मिच्दै, संरचनाहरू भत्काउदै, बिखन्डन गर्न लालाहित, अर्थतन्त्रकै मेरुदण्डलाइ भाच्दै, कसैको इसारामा नाची हिड्ने, कुर्सि र सत्ताको मोहजालमा सम्बृद्ध र उन्नत नेपालको खोक्रो भाषण दिदै १००औ वर्ष पछाडि धकेल्दै तछाड मछाड गर्दै उफ्री रहेका छन्, नाची रहेका छन् बेसुरे लयमा अनि तिनैका श्रोताबिन्द हरू सोहि लयको मोहजालमा पर्दै तिनैलाई शिखर मा राख्दै तिनैको नाचगानमा रमेको देख्दा आस्चर्य लाग्छ यो कस्तो यात्रा हो ? कस्तो गन्तब्य ?

जीवनको रहर न सोध मलाइ


जीवनको रहर न सोध मलाइ
उडि हिड्ने चाहको भवसागर छ मेरो
यसको मुल्य र मान्यता नसम्झाउ मलाइ
उमंग र उत्साहको जलसागर छ मेरो

तुलामा जोख्ने दुस्साहास थियो तिम्रो
बसिभुत भावना केर्ने प्रयास थियो तिम्रो
समर्गमा भन्दा घेर्ने कुप्रयास थियो तिम्रो
आत्मा बललाई जेर्ने सप्रयास थियो तिम्रो