मित्रलाल पंज्ञानी
विदेशमा भासिएको सपना र हाम्रो शिक्षा
मातापितालाई सन्तति आवश्यक पर्ने बुढेसकालमा सहारा होला भनेर हो । नत्र किन चाहियो सन्तान ? मरणान्त हुंदा पनि फर्केर हेर्दैन, सम्झंदै सम्झंदैन । अझ बोलाउंदा पनि आउंदैन । डाक्दा गुहार्दा पनि सुन्दैन । अन्य मुलुकमै मोजमस्तीमा बसिरहन्छ । यहां मातापिता पानी खान दिने मान्छेसमेत नभएर अकालमा मर्दछन् । जतिसुकै धेरै पढोस्, जतिसुकै धन कमाओस्, जतिसुकै नाम कमाओस् । आफ़्नो जन्मभूमि र जन्मदाताप्रति कृतज्ञ छैन भने त्यसको सम्पूर्ण वैभवलाई धिक्कार छ, ती सब बेकार छ ।
‘भाते’ भन्नेलाई ‘ज्यू’
तिनताक म एयरपोर्टमा जागिर खान्थेँ । जागिर पनि के भन्नु र! महिनाभरि काम गरेपछि हजार पन्ध्र सय पाइन्थ्यो होला, दिनभरि त्यतै जान्थेँ । पद भने मेरो ठूलै थियो- सुपरभाइजर । एउटा ट्राभल्स व्यवसाय सञ्चालन गर्ने संस्थाको कर्मचारी प्रतिनिधिका रूपमा म त्यहाँ थिएँ । त्यो संस्थाले एयरपोर्टमा पोर्टर सेवा सञ्चालन गरेको थियो । जहाजबाट यात्रा गर्ने यात्रीहरू बाहिर जाँदा र बाहिरबाट आउँदा तिनको सामान पोर्टबाट भित्र पुर्याउने र बाहिर निकाल्ने कामका लागि करिब सय जना मान्छे खटिएका थिए । ती सय जना मान्छे पनि मैले काम गर्ने संस्थाकै जागिरे थिए ।
