Skip to content

जगदीश घिमिरे

बर्दी

बाह्रौँ बलात्कारी भित्र पस्ता उसले हलचल गर्न छोडिसकेकी थिई । बलात्कारीलाई यो ज्यादै मन परयो, किनभने पहिले पहिलेका बलात्कारीहरूले जस्तो उसले बलात्कृतको लात सहनुपर्ने भएन ।

विस्थापित

अवश्य मेरो पनि कतै घर छ … किनभने मलाई कताकता झझल्को लाग्छ, मेरो कतै घर छ र त्यहाँ पुग्न नै म यसरी हतारिएको हुँ … साँच्चै म घर जाने बाटामा हुनु पर्छ, अवश्य मेरो टुंगो हुनु पर्छ … मेरो मस्तिष्कले भन्छ, मेरो मुटुले भन्छ, मेरो ब्रम्हले भन्छ मेरो पनि ठेगान छ । साँच्चै ।

व्यूटिफूल

दुईतिर हजारौं लाखौं वर्षदेखि उभिइरहेका नरमाइला नाङ्गा डाँडाहरू । उत्तरपट्टिडाँडाको कातकतै बगिरहेको तामाकोशी, जसको अस्तित्व अलि तल्तिर सूनकोशीमा सेलाउँछ । यो मन्थली घाट हो

भित्तेका उद्‍घाटन माला

आमालाई क्यान्सर भएछ।

खानै छोड्नुभो। ठाडै सुकेर जानुभो।

सबैलाई ख्वाइसकेर उब्रियो भने खानुहुन्थ्यो। उब्रेन भने ‘आज मेरो बर्त’ भन्नुहुन्थ्यो। आइतबार सूर्यको। सोमबार शिवको। मंगलबार गणेशको। हरेक बारका इष्टदेव छन्। तेसमाथि कैले एकादशी। कैले प्रदोष। भँडारमा सर्दाम र भान्सामा खाने नभएपछि आमाको बर्त हुन्थ्यो। भन्नुहुन्थ्यो, ‘अर्को जुनी यस्तो नहोस्।’
म भन्थेँ, ‘आमा, नयाँ नेपालमा त्यस्तो हुँदैन।’

JagadishGhimire

योग्यता

यो कथा होइन, दन्तेकथा हो, एकादेशको कुरा ।

मैले साथीबाट सुनें, साथीले उसको साथीबाट सुन्यो रे, उसले पनि उसको साथीबाट ।

सुन्ने सुनाउने क्रम अनन्त छ, तर कथाको अन्त्य यस्तो छ –

एकजना अन्यन्त योग्य हाकिम हुन्छन् ।

उनको ईमान्दारीले देशका ठूलादेखि साना, वरिष्ठदेखि गरिष्ट सबै तहका नेताहरू रिझिएका छन् । उनको कार्य-कुशलता र कार्य-क्षमताले गर्दा उनीभन्दा माथि, मुनि, बराबरी-सबै स्तरका जागिरदारहरू, सहकर्मीहरू, सहधर्मीहरू प्रसन्न छन् । उनीसँग काम पर्ने सबै जनता उनको गुण मान्दछन्, प्रशंसा गर्दछन्, भन्दछन् – हाकिम हुन यस्तो पो हुनु । बिझाएको कसैलाई छैन । पिर मर्का पारको कसैलाई छैन । सबैलाई रिझाउन सक्ने, जे जस्तो अप्ठयारो काम आइपरे पनि मेलो मिलाएर गर्न जान्ने ।

मेरो मधुपर्क यात्रा

  • by

मेरो र मधुपर्कको साहित्य यात्रा उही दशक सुरू भयो । म अलि जेठो हुन पुगेँ । किनभने मधुपर्क जन्मिनुभन्दा केही वर्ष अघिदेखि मेरा रचनाहरू गोरखापत्र तथा रचना र रूपरेखाजस्ता त्यसबेलामा प्रतिष्ठित साहित्यिक पत्रिकाहरू छापिन लागेका थिए ।

पारिजातका पात्रहरू

  • by

२०२० को दशकमा चर्चाको शिखर टेकेकी ‘शून्यवादी पारिजात ‘राल्फा’ र ‘कम्युनिस्ट’ भएपछि पनि आफ्ना दर्जनौं कृति र जीवनशैलीमार्फत समेत चर्चित छन् ।

पारिजातसँग मेरो दोहोरी थिएन । मेरो २०२७ सालमा छापिएको ‘लिलाम’ उपन्यास पढेपछि उनले मलाई पहिलो पत्र लेखिन् । प्रतिष्ठित लेखिकाको प्रशंसात्मक पत्र पाएर मलाई सुखद आश्चर्य भयो । डेढ वर्षको त्यस दोहोरीमा मसँग एउटाको उतारसमेत उनका सात थान पत्र छन् । अरू केही थिए, हराए ।

मान्छेको छाउरो

  • by

निस्तब्ध रात कुनै स्वास्नीमान्छेको निर्जीव हृदय हो, जसलाई चिरेर एउटा तीतो स्वर, कुकुरको सानू छाउरोको प्रलाप, बाँसको लिङ्गोजस्तै ठडिन्छ आकाश छुने गरी – क्याइँ क्वँ वाँ वाँ वाँ ईं ईं ईं क्वाँ वाँ वाँ वाँ वाँ ईं ईं ईं ईं ईं ईं…! यो चीत्कार दोहेरिन्छ, तेहरिन्छ, चौहरिन्छ, प्रत्येक पटक अझ सघन, अँ तिखो, अझ अग्लो भएर कराउँछ यो आवाज।

हाम्रो भाषा र हाम्रा पुस्तक

  • by

आफ्नो ६३ वर्षो जीवनमा मूलतः म मेरो मातृभाषाभाषीबीच बाँचेँ, बोलेँ, सुनेँ, सिकेँ, लेखेँ । मैले ४५ वर्षघि थालेको साहित्य सिर्जनाको मूल माध्यम पनि नेपाली नै हो । दुई वर्षेखि म पिँजडाको सुगाजस्तो कोठा, अध्ययन र लेखन-केन्द्रित भएपछि वार्तालापमा मात्र होइन, किताब, छापा, टीभी र एफएमहरूमा नेपाली भाषामा प्रचलित सामयिक शब्द, भाव, शैली र उच्चारणहरूको गतिशीलतासँग पुनः परचिय गर्दैछु ।

न्याय

  • by

वनस्पतिसँग सोधेँ, “के चाहन्छौ  ?”
वनस्पतिले भने, “न्याय ।”
“त्यो भनेको के  ?”
वनस्पतिले भने, “अरूको अधिकार हनन नगरीकन धरतीमा हामीले पाउने न्यायोचित भाग ।”