राजेन्द्र चोथाले
तिमीलाई धेरै झपार्नु छ
तिमीलाई धेरै झपार्नु छ । मिले गालामा दुई-चार थप्पड पनि हान्नु छ । तिमीलाई अरूसामु मेरोबारे बोल्नु के खाँचो, मैले त तिम्रो बारेमा कसैसँग कहिल्यै नराम्रो उच्चारण गरिन बरु तिम्रा गल्तीहरू छोप्दै, बदनामीहरूमा नामको पर्दा हाल्दै सधैँ नै तिम्रो तारिफ गरिरहेँ । तिमीले कहिले सुनेकी छौ मैले बदनाम गरेका शब्दहरू ? मेरो बदनामी र तिम्रो बदनामीलाई फरक देख्ने तिम्रो आँखा कस्तो ? हामी त जोडिएको घाँटी पो । हिलो छ्यापिए दुवै मैलिने, काटे दुवैलाई रगत आउने तर तिमी त छ्या, मान्छे भन्नै मन लागेन ।
