Skip to content

सुशीला प्रधानांग

उपकारी बाँदर

साँझको समय थियो । डुब्न लागेका सूर्यका किरण पहाडका टुप्पामा रातो भएर फैलिएका थिए । चिसो हावाको सिरसिरले जङ्गल नै आनन्दमय र रमाइलो बनेको थियो । यस्तो बेलामा जसलाई पनि खुला हावामा घुम्न मन लाग्नु स्वाभाविकै हो । आ-आफ्ना गुँडहरूमा र घरमा बसिरहेका पशुहरू र चराहरू पनि विस्तारै बाहिर निस्केर जङ्गलमा यताउता घुम्न थालेका थिए ।

छोरीलाई पढाउन पठाऔँ

  • by

हीरामायाः यो छोरी पनि कहाँ गइ होली ? (बोलाउँछिन्) छोरी! ए छोरी! (जवाफ नआएको देखेर जुरुक्क उठ्छिन् र ढोकामा आएर फेरि बोलाउँछिन् ।) छोरी ! ए मनमाया ! सुनिनस् कि क्या हो ? (जवाफ आउँदैन । आफूले बोलाएको स्वर आफँैतिर फर्किएर आउँछ । छोरीले नसुनेको देखेर तिनलाई दिक्क लाग्छ र फेरि गुन्दि्रमा थुचुक्क बस्छे र फत्फताउन थाल्छे ।)

आमाको माया

मनमायाले आफ्नो घरमा थुप्रै कुखुराहरू पालेकी थिई । ती कुखुराहरूको हुलमा पाँच/छ वटा माउ कुखुरीहरू पनि थिए । ती माउहरूले एकपटकमा १२।१३ वटा चल्लाहरू काढ्थे । मनमायाको श्रीमान् बलबहादुरले भने ज्यामी काम गरेर पैसा कमाउने गर्थ्यो ।