Skip to content


मनमायाले आफ्नो घरमा थुप्रै कुखुराहरू पालेकी थिई । ती कुखुराहरूको हुलमा पाँच/छ वटा माउ कुखुरीहरू पनि थिए । ती माउहरूले एकपटकमा १२।१३ वटा चल्लाहरू काढ्थे । मनमायाको श्रीमान् बलबहादुरले भने ज्यामी काम गरेर पैसा कमाउने गर्थ्यो ।

उनीहरूका छोरा नवीन र छोरी पार्वती सहित दुई जना सन्तान थिए । छोरा नवीन गाउँकै विद्यालयमा कक्षा ४ मा पढ्थ्यो र छोरी पार्वती नौ वर्षकी भए तापनि विद्यालयमा पढ्न जाँदैनथिइन् । मनमायाले छोरीलाई पढाउन धेरैपटक बलबहादुरलाई भनिन् । छोरीलाई पढाएर के काम ? तिनलाई विवाह गरेर अर्काको घरमा पठाउनुपर्छ । बिनासित्ती तिनमाथि किन पैसा खेर फाल्ने ? भनेर मनमायालाई ऊ सम्झाउने गर्थ्यो ।

एकपटक गाउमा छोरी चेलीलाई पढाएका छन् कि छैनन्, छैन भने छोरीलाई पढाउनुपर्छ भन्ने विषयमा जनचेतना जगाउन सरकारले केही प्रतिनिधिहरूलाई पठाएका थिए । ती सरकारी प्रतिनिधिहरूले अत्यन्त सक्रिय भई आफ्नो जिम्मेवारी पूरा गरिरहेका थिए । उनीहरूले गाउमा सबैलाई भेला गराई एक एक जनासाग सोधपुछ गरे । त्यस्तो गर्दा थोरै मात्र छोरीहरू विद्यालय गएका र धेरै सङ्ख्यामा घरमा बसी आमालाई सघाउने भाइ बहिनी हेर्ने र कोही घास दाउरा गर्न जङ्गल जाने गरेको देखियो । त्यसपछि सबैलाई आमाबुबा, काकाकाकी, बाजेबजैलाई एकजना प्रतिनिधिले सम्झाउने पारामा बोले-‘हेर्नुस् । यस गाउका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी ! आजको जमाना भनेको शिक्षाको जमाना हो । शिक्षाविनाको जीवन आखा भएर पनि ज्योति नभएको आखा जस्तै हो । अबको जमाना भनेको छोरीहरूले पनि पढ्न पाउने जमाना हो । छोरीहरूले पनि पढ्ने अवसर पाएको खण्डमा डाक्टर, इन्जिनियर र शिक्षक बन्न सक्छन् सरकारी पदमा बसेर आफ्नो योग्यता अनुसार काम गर्न सक्छन् त्यसैले हामीलाई सरकारले तपाईहरूको समक्ष पठाएको हो । तपाइहरूले आफ्ना छोरीहरूलाई पनि विद्यालयमा पढ्न पठाउनुस् भनेर हामी अनुरोध गर्छौं ।’

मनमाया पनि त्यहा कुरा सुन्न पुगेकी थिइन् । तिनलाई नया नया कुरा सुन्न र बुझ्न असाध्यै मन पर्थ्यो । प्रतिनिधिको कुरा सुनिसकेपछि आफूले छोरीलाई पढाउन नपठाएकोमा मनमनै पछुतो मानिरहिन् । घरमा आइसकेपछि तिनले बलबहादुरलाई भनिन्-‘ पार्वतीका बाबा ! छोरीलाई भोलिबाट पढ्न पठाउछु है ?’ बलबहादुरले भन्यो -‘हेर ! छोरीलाई पढाएर केही काम छैन । बिनासित्ती पैसाको नाश मात्रै हुन्छ । खुरुक्क घरको काम सिकाउने गर तिमीलाई सहयोग पनि हुन्छ । मसाग अरू नचाहिदो कुरा नगर ।’ यति भनेर उसले चुरोट सल्काउन थाल्यो ।

आमाको मन कहाँ मान्थ्यो र ? तिनको लागि त छोराछोरी दुवै समान थिए । तिनले छोरीलाई जसरी भए पनि पढाउने अठोट गरिन् । तिनले सोचिन्-‘ मैले मेरी छोरीलाई आफ्नै पैसा खर्च गरेर पढाउाछु । ‘

भोलिपल्ट मनमाया चाडै उठिन् । घरको कामकाज सिध्याइन् र छोरीलाई लिएर हाट बजार गइन् । हाटबजारमा तिनले केही कुखुराहरू र थुप्रै अण्डाहरू बेचिन् । तिनको हातमा थुप्रै पैसा आयो । सय सयको नोट देखेर पार्वतीले सोधिहालिन् -आमा ! अब यो पैसा के गर्नुहुन्छ ? मलाई पनि दिनुस् है आमा पैसा । त्यसपछि तिनले छोरीको कपाल सुम्सुम्याउदै भनिन् -‘यो पैसा तिम्रै लागि हो । यो पैसाले तिम्रो लागि कापी, कलम, किताब किन्छु र तिमीलाई पनि भाइलाई जस्तै स्कुल पढ्न पठाउछु । तिमीलाई पढ्न मन छ कि छैन छोरी ?’ पार्वतीले आमाको हात समातेर जवाफ दिइन्-‘ मन छ नि आमा ! अरू साथीहरू बेला, कुसुम पढ्न गएको देख्दा मलाई पनि कस्तो रहर लाग्थ्यो, तर बाबाको डरले मैले केही भन्नसकिन । ‘ छोरीको कुरा सुनेर मनमायाको मुटुमा गाठो पर्‍यो । तिनले छोरीको हात दह्रो गरेर समातेर भनिन् -‘अब तिम्रो रहर पूरा हुन्छ, जाउ पसलतिर ।’ त्यसपछि दुवै आमा छोरी एउटा किताब पसलतिर लागे ।

अब पार्वती पनि विद्यालय पढ्न जान थालिन् । मनमाया दुवै छोराछोरीसागै पढ्न गएको हेरिरहन्थिन् आखाले देखुन्जेलसम्म । बलबहादुरले पनि यो पटक नपढाउने भनेरचाहि ढिपी गरेन । उसले मनमायालाई भन्यो -‘छोरीलाई पढाउने रहर छ भने पूरा गर ।’

मनमायाले कुखुरा पाल्ने कामलाई बढाउने सोचिन् । कुखुरा र अण्डा बेचेर छोरीको पढाइको खर्च निकाल्नुपर्ने कुरालाई तिनले राम्रोसाग बुझेकी थिइन् ।

एकपटक माउ कुखुरीलाई ओथारो दिन तिनले हाटबजारबाट अण्डाहरू किनेर ल्याइन् । ओथारो दिइन् । ठीक समयमा अण्डाहरूबाट चल्लाहरू निस्कन थाले तर अचम्म ती चल्लाहरूमा हासको चल्ला पनि दुईवटा थिए । पार्वतीले आमालाई बोलाएर भनिन्- ” आमा ! आमा ! हाम्री माउ कुखुरीले त हासको चल्ला पनि काढेछ । अहा ! हेर्नुस् त आमा ! कति राम्रा दुईवटा हासका चल्ला । “आमाछोरी दुवै हासका चल्ला देखेर रमाए । पार्वतीले हतपत हासको चल्लालाई छुन खोजिन् तर यो के ? माउ कुखरीले आफ्ना दुवै पखेटा फैलाएर रिसले को…..को….को……..को गरेर कराउन थाली । त्यो देखेर मनमायाले भनिन्- “छोरी ! चल्लाहरू नछोउ । तिनीहरूका आमाले ठुङ्देली ।”

एवं तरिकाले दिन बित्दै गयो । माउ कुखुरीले ती कुखुराका चल्लाहरू र हासका चल्लाहरूमा कुनै फरक गर्दैनथी । उनीहरूलाई आफूसागसागै चराउन लिएर जान्थी । कोही मान्छेहरू, कुकुर, बिराला अगाडि देखापर्ने वित्तिकै अथवा कुनै आवाज सुनिदा कुखुरीले आफ्ना दुवै पखेटा फैलाएर चल्लाहरूलाई छोप्थी । चल्लाहरू पनि आमाको काखमा लुक्न जादा आफूहरू सुरक्षित भएको सम्झन्थे । माउ कुखुरीले आहारा खोजेर दिने बेलामा पनि हाास र कुखुराका चल्लाहरूमा फरक गर्दैनथी । चल्लाहरू पनि सबै मिलेर बस्थे ।

“ती माउ कुखुरीले चल्लाहरूलाई एउटै व्यवहार गरेको देखेर पार्वतीको मनमा जिज्ञासा जाग्यो । तिनले सोचिन् – अहो ! हास र कुखुरा छुट्टाछुट्टै जातिका हुन् तर माउ कुखुरीले ती हाँस र कुखुराको चल्लाहरू हुर्काउनमा कुनै पक्षपात गरेकी छैनन् । सबैलाई बराबर आहार खोजेर दिन्छिन् । सबैलाई बराबर आफ्नो न्यानो माया दिन्छिन् ।” तिनले आफ्नो मनको जिज्ञासा मेटाउन आमासाग सोधिन् । मनमाया कुखुराको खोर अगाडि बसी चल्लाहरूलाई दाना छरिरहेकी थिइन् । छोरीको जिज्ञासा देखेर मनमाया दङ्ग परिन् र भन्न थालिन् – छोरी ! त्यसलाई नै आमाको माया भनिन्छ । आमाको लागि के छोरा र के छोरी । के जात बेजात । दुवैलाई नौ महिना आफ्नो गर्भमा बोकेर जन्माएकी हुन्छिन् । त्यसरी नै माउ कुखुरीले २१ दिनसम्म सबै अण्डाहरूलाई च्यापेर ओथारो बसेकी थिइन् । तिनलाई हाास र कुखुराको अण्डाहरूबारे केही थाहा थिएन । चल्लाहरू निस्क्यो । तिनको लागि सबै चल्लाहरू बराबर । हाासको चल्लालाई फरक पार्नुपर्छ भनेर तिनको ममताले भनेको छैन । बुझ्यौ अब ? तिनले फेरि अगाडि कुरा थपिन्- “मेरो लागि तिमी र तिम्रो भाइमा कुनै फरक छैन । तिमी पनि मेरो सन्तान, तिम्रो भाइ पनि मरै सन्तान हो । तिम्रो भाइले पढ्न पाउने तिमीले पढ्न नपाउने रे । यसमा नै मेरो चित्त बुझ्दैन । तिमीले पनि पढ्न पाउनुपर्छ । मेरो यसैमा कोसिस छ । पढ्नेहरूको भविष्य उज्ज्वल हुन्छ, त्यसैले तिमीले धेरै पढ्नुछ है छोरी !”

मनमायाको आखामा खुसीको आँसु टल्पलाउन थाल्छ । माउ कुखुरीले भूइ कोतर्दै आफ्ना चल्लाहरूलाई आहारा दिदै थिइन् ।

3 thoughts on “आमाको माया”

    1. अतिथि

      ramro katha. saral bhashha ma
      ramro katha. saral bhashha ma aama ko maya ko mahima

Leave a Reply

Your email address will not be published. Required fields are marked *