केदार श्रेष्ठ 'गगन'
चक्रव्यूह
आज महिनाको पहिलो शुक्रवार हो । रातको नौ बज्नै लागेको छ । एउटा लगभग चालिस बर्ष जतिको वूढो आएर हामी लहरै बसेका केटीहरु सबैलाई एकनाशले हेरिहन्छ । एकछिन पछि मलाई भित्र जाने संकेत गर्छ । सायद मलाई मन परायो होला । म खिस्स हाँसेर मुन्टो हल्लाउँछु । ऊ आधा बेहोस छ सोमरसले । ठ्वासठ्वासती गनाइरहेको छ ।यहाँ आउने प्रायः सवैले ूपावरूलगाएका हुन्छन् । वूढोले चाहिँ अलि फूल चार्जू गरे जस्तो लाग्छ । तरपनि म वूढोलाई काखी च्यापेर लाग्छु कोठातिर ।
हर्कमान
उसको र मेरो एउटै गाउँ थियो । ऊ गाउँको पूजिपति थियो । जमिन्दार थियो । गन्नेमान्ने थियो । भद्रभल्हाद्मीमा गनिन्थ्यो । सबैजनाले उसलाई मान्थे । आफ्नो गाउँमा मात्र नभएर जिल्लाभरि उसको नाम चलेको थियो । गाउँघरतिर विकासका कामदेखि सानातिना झगडा मिलाउन उसको अनिवार्य उपस्थिति थियो । उमेर तीन बीस पुगुपुगु भएको ऊ देख्दै हट्टकट्टा र जवान देखिन्थ्यो । ठूला-ठूला आँखा लामा बाघजुंगा पालेका दौरासुरुवाल र टोपी लगाइ हिड्दा जस्तातस्ता मान्छे अगाडि पर्न पनि डराउँथे । तर रुपजस्तो वानी थिएन । साह्रै मिजासिला थिए । पाचायतकालमा पन्ध्र वर्ष प्रधानपाच भएको हुनाले पूराना मान्छे अर्थात वूढापाकाहरु प्रधान भन्थे । प्रजातन्त्रको पुनःस्थापनापश्चात दश वर्ष गाविस अध्यक्ष पद आफ्नो पक्षमा पार्न सफल भएकोले भरखरका मान्छेहरु अध्यक्ष भनेर सम्बोधन गर्थे उसलाई अर्थात हर्कमानलाई ।
- « Previous
- 1
- 2
- 3
- Next »
