मलाई पराई ठन्यौ ठिकै छ
मुखैमा लात हन्यौ ठिकै छ ।
जीवनसाथी बनाउछु भन्दाभन्दै
अर्कैलाई आफ्नो मन्यौ ठिकै छ ।
म छु सुदामा धनीहरूको अघि
कुवेरलाई तिमीले छान्यौ ठिकै छ ।
‘गगन’को तारालाई छाडेर तिमीले
धिपधिपे ललटिनलाई तान्यौ थिकै छ ।
www.kshitizpara.blogsome.com
Kedar Shrestha’Gagan’ Bhimsthan-5, Sindhuli. Now – INLS uae chapter
