तिमी रुँदा ब्यथा मलाई आँखाभरि पानी
रुप सुन्दर मीठो बोली वानी झनै ज्ञानी ।
तिमी हाँसी कुरा गर्दा सारा संसार खुसी देख्छु
रुँदा तिमी संसार यो पूरै अँध्यारो देख्छु
भन मात्र तिम्रो लागि यो ज्यान दिन सक्छु
तिम्रै लागि दुःख कष्ट सबै खप्न सक्छु ।
हाँसी खुसी तिमी रहे मन खुसी हुन्छ
तिमी रोए मन मेरो कल्पिएर रुन्छ
हाँसिदेऊ न तिमी सधैँ मलाई हेरी-हेरी
जीवनभरि राख्छु तिमीलाई अंगालोमा बेरी ।
